खोटाङ, २९ चैत । नेपाल कम्युनिष्ट पार्टी (एमाले) खोटाङमा नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया शुरु भएको छ । चैत–२८ गते बुधबार औपचारिक रुपमा उद्घाटन गरिएको एमाले खोटाङको आठौँ जिल्ला अधिवेशन अन्नत निर्वाचन प्रक्रियामा गएकाे हाे ।
निर्वाचन समितिले बिहीबार राती ९ः३० बजेपछि उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गरेको हाे । जिल्ला अध्यक्षका लागि वर्तमान अध्यक्ष रामप्रसाद दंगाल र वर्तमान उपाध्यक्ष देवबिक्रम राईले उम्मेदवारी दर्ता गराउनुभएको निर्वाचन अधिकृत लालप्रसाद घिमिरे जानकारी दिनुभएको छ ।
उपाध्यक्षमा वर्तमान सचिव कुमार आचार्य र सचिवालय सदस्य उपिनकुमार राईको उम्मेदवारी परेको छ । सचिवमा भने, वर्तमान उपसचिव सुरेन्द्रकुमार राईको एकल उम्मेदवारी परेको हुदा राई सर्वसम्मत सचिवमा निर्वाचित हुनुभएको निर्वाचन समितिले जानकारी दिएको छ ।

खुला उपसचिवमा गीरेन्द्रबहादुर राई, कमल ढकाल, गोपालचन्द्र आचार्य, गोपीकृष्ण खड्का, दिलचक्र राई, दिनेश राई, युवराज रिजाल र राजन बञ्जराको उम्मेदवारी परेको छ । साथै, समावेशी उपसचिवमा कविता राई र भगवती प्रधानको उम्मेदवारी परेको निर्वाचन समितिले जानकारी दिएको छ ।
एमालेका केन्द्रीय उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उद्घाटन गर्नुभएको आठौँ जिल्ला अधिवेशन दिक्तेलको माटिकोरेस्थित कभर्डहलमा जारी छ । अधिवेशनमा स्थायी समिति सदस्य एवम् कोशी प्रदेशका पूर्वमुख्यमन्त्री शेरधन राई, पोलिटब्यूरो सदस्य विशाल भट्टराई, खोटाङ इन्चार्ज एवम् खानेपानीमन्त्री राजेन्द्र राई,केन्द्रीय सदस्यहरू उषाकला राई र रमेश पाैडेल लगायतको उपस्थिति थियो ।
निर्वाचनमा भाेलि बिहान सात बजेबाट मतदान सुरू हुने निर्वाचन समितिले जानकारी गराएको छ ।
हरेक तीन÷तीन वर्षमा जिल्ला अधिवेशन गर्ने पार्टीको विधान अनुसार आयोजना गरिएको आठौँ जिल्ला अधिवेशनमा ५७९ प्रतिनिधि सहभागी रहेको एमाले खोटाङले जनाएको छ । अधिवेशनले पाँचजना पदाधिकारीसहित ९० सदस्यीय जिल्ला कार्यसमिति चयन गर्ने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर