खोटाङ,चैत १९। खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका –३ बाम्राङले विभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मान गरेको छ । आर्थिक वर्ष २०८०÷०८१ महिला, बालबालिका, ज्येष्ठ नागरिक, दलित तथा अपाङ्गताका लागि विनियोजन गरिएको ३ लाख रुपैयाँको बजेटबाट वडाभित्र रहेका ८५ वर्षभन्दा माथिका १५ जना ज्येष्ठ नागरिकलाई सम्मान पत्र सहित घँगरूको लाठ्ठी,९ वटा टोल विकास संस्थाका अध्यक्षलाई कदर पत्रले सम्मान गरिएको हो ।


यस्तै,गरि वडाले सोही बजेटबाट वडाभित्रका ६ वटा बिद्यालयका ४० जना दलित विद्यार्थीलाई झोला वितरण गर्नुका साथै अर्काको साहारामा बाँचिरहेका अपाङ्गता भएका व्यक्तिको राम्रो स्याहारसुसार गर्ने तीन जना संरक्षकलाई दोसल्ला ओढाएर दुई हजार पाँच सय नगदसहित सम्मानपत्रले सम्मान गरिएको वडा अध्यक्ष महेन्द्र राईले बताउनुभयो ।


यस्तै, ब्याडमिन्टन खेलका माध्यमबाट वडाको शाख उच्च राख्न सफल स्थानीय पर्शुराम थापा (आशिष) र संजय कार्कीलाई उनीहरुको योगदानको उच्च कदर गर्दै सम्मान गरेको हो ।


सम्मानित हुने व्यक्तिहरुलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई, उपप्रमुख विसन राई, वडाध्यक्ष राई लगायतले सम्मानपत्र प्रदान गर्नुभएको थियो ।


कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख भट्टराई, उपप्रमुख राई, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि सहरमान राई, नेकपा एमाले खोटाङका सदस्य निरबहादुर राई, नेपाल पत्रकार मासंघ खोटाङका अध्यक्ष दिलीप खत्री, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका कार्यपालिका सदस्यद्वय रामकुमार हिङमाङ र मिना कार्की लगायतको उपस्थिति रहेको थियो । वडा अध्यक्ष महेन्द्रबहादुर राईको अध्यक्षमा भएको कार्यक्रमको स्वागत वडा सदस्य रेखा रम्तेल र सञ्चालन वडा सचिव मन्दिरा घिमिरेले गर्नुभएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय