खोटाङ ,चैत १९ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङले दलित विद्यार्थीलाई झोला वितरण गरेको छ । वडा कार्यालयले आर्थिक वर्ष २०८०÷०८१ लक्षित वर्गका लागि विनियोजन गरिएको बजेटबाट वडाभित्रका ४० जना दलित विद्यार्थीलाई झोला वितरण गरेको हो ।

वडाभित्र सञ्चालित ६ वटा विद्यालयमा अध्ययनरत ६९ जना विद्यार्थीमध्ये कक्षा १ देखि ९ सम्मका ४० जना दलित विद्यार्थीलाई सोमबार एक कार्यक्रमका बीच दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई, उपप्रमुख विसन राई, वडाध्यक्ष महेन्द्र राईले झोला वितरण गर्नुभएको थियो ।

आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई विद्यालयमा जाँदा किताव कपि राख्न तथा पढाइ लेखाइमा सहयोग पुगोस् भन्ने,उद्देश्यले दलित विद्यार्थीलाई झोला वितरण गरिएको वडा अध्यक्ष महेन्द्र बहादुर राईले बताउनुभयो ।

झोला वितरण कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख भट्टराई, उपप्रमुख राई, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि सहरमान राई, नेकपा एमाले खोटाङका सदस्य निरबहादुर राई, नेपाल पत्रकार मासंघ खोटाङका अध्यक्ष दिलीप खत्री, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका कार्यपालिका सदस्यद्वय रामकुमार हिङमाङ र मिना कार्की लगायतको उपस्थिति रहेको थियो ।

वडा अध्यक्ष महेन्द्र बहादुर राईको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत वडा सदस्य रेखा रम्तेल र सञ्चालन वडा सचिव मन्दिरा घिमिरेले गर्नुभएको थियो ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर