दमक/ दमक नगरपालिका स्वास्थ्य शाखाले राष्ट्रिय खोप अभियान अन्तर्गत दमकमा यहि फागुन २१ देखि ४ चैतसम्म ९ महिनादेखि १५ वर्षसम्मका बालबालिकाहरुलाई दादुरा – रुवेला खोप अभियान सञ्चालन गर्ने भएको छ ।
दमक नगरस्तरिय खोप समन्वय समितिले नगरपालिकाको सभाहलमा सरोकारवालाहरुसंगको अन्तरकृया कार्यक्रममा दमकमा सञ्चालन हुने खोप अभियान सञ्चालनको तयारीका बारेमा जानकारी दिएको हो । कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख रमेश बाह्कोटीले खोप अभियान कार्यक्रम अन्तर्गत सन् २०२६ सम्ममा दादुरा – रुवेला रोग निवारण गर्ने लक्ष्यका साथ यसवर्ष पनि यहि फागुन १७ गतेदेखि चैत ४ गतेसम्म जिल्लाव्यापी रुपमा ९ महिनादेखि माथिका १५ बर्ष सम्मका बालबालिकाहरुलाई दादुरा,रुवेला खोप लगाउने कार्य भईरहेको जनाए । जिल्लाका १५ वटै पालिकामा सो खोपको तयारी तीव्र पारिएको उनले बताए ।
दमक नगरपालिका स्वास्थ्य शाखा प्रमुख नगेन्द्र भट्टराईले दमकमा सो खोप अभियान अन्तर्गत करिव ४० हजार बालबालिकाहरुलाई खोप लगाउने कार्यक्रम रहेको छ । दमकका १० वटै वडाभित्रका बालबच्चाहरुको घरघर ,स्वास्थ्य केन्द्र, स्कूल , टोलटोलमा पुगेर दादुरा,रुबेलाको खोप लगाउन चिकित्सक,स्वास्थ्यकर्मी तथा महिला स्वमसेविकाहरुलाई परिचालित हुने उनले बताए । खोप अभियान सफल बनाउन वडास्तरसम्म सरोकारवालाहरुसंग अन्तरकृया समेत गरिने उनले बताए । दमक नगरस्तरिय खोप समन्वय समितिका अध्यक्ष समेत रहेका दमक नगरपालिकाका प्रमुख रामकुमार थापाको अध्यक्षतामा भएको सो कार्यक्रममा दमकका वडाअध्यक्षहरु,स्वास्थ्यकर्मी,सञ्चारकर्मीहरु लगायतको उपस्थिति रहेको थियो । दमक नगरपालिकाकि स्वास्थ्य निरीक्षक देबीका न्यौपानेले नगर भित्र सो खोप संचालनका लागि सामुदायिक तथा निजी दुबै खाले सरकारी बिध्यालयमा चरणबद्व रूपमा स्वास्थ्यकर्मीको टोली परिचालन हुने जानकारी दिइन ।

प्रतिक्रिया

सम्बन्धित खवर