दमक – नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेश समितिले दमक ९ स्थित सरस्वती माध्यमिक विद्यालयमा अध्ययनरत दृष्ट्रिविहीन विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ ।विद्यालयमा आज एक कार्यक्रमका गरि संघले विशेष कक्षामा अध्ययनरत १२ जना विद्यार्थीलाई जनही एक थान कम्वल, विद्यालय पोशाक लगायतका सहयोगी सामाग्रीहरु प्रदान गरेको हो ।
ती सहयोगी सामाग्रीहरु संघकी केन्द्रीय अध्यक्ष लक्ष्मी कुवँर लगायतले वितरण गरिन् । संघकी प्रदेश अध्यक्ष अजिता देवकोटा बाँस्तोलाको अध्यक्षतामा भएको सो कार्यक्रममा दमक नगरपालिकाकी प्रमुख रामकुमार थापा, उपप्रमुख रेगिना भट्टराई, कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बाँस्तोला, ईलाका प्रहरी कार्यालय दमकका प्रमुख मनाेज कुमार लामा, दमक ९ का वडाअध्यक्ष कुवेर भट्टराई, प्रहरी अधिकारीहरु ,विद्यालयका शिक्षक ,सञ्चारकर्मीहरु लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर