कात्तिक १८,खोटाङ। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव तथा पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मूलुक चौतर्फी सङ्कटमा फसेको बताउनुभएको छ ।
नेपाल (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी मङ्सिर पहिलो हप्ता बाट सुरु गर्न लाग्नु भएको मध्यपहाडी लोकमार्ग केन्द्रित बृहत अभियानको पूर्व तयारीको बैठक एवं कोशी प्रदेशका नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना दिने कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै उपमहासचिव ज्ञवालीले यस्तो दाबी गर्नुभएको हो ।
गठबन्धन सरकार सत्ता टिकाउनमात्र लागिपरेको आरोप लगाउनुभएको छ । “मूलुकमा विकास÷निर्माणका काम ठप्प छन् । काम सम्पन्न गरेका ठेकेदारले भुक्तानी पाएका छैनन् । गठबन्धन दलमा आवद्ध नेताहरु भ्रष्टाचारमा संलग्न छन् । राज्यको ढुकुटी रित्तिएको छ”,उहाँले भन्नुभयो, “वर्तमान सरकार सत्ता टिकाउनमात्र लागिपरेको छ । राष्ट्रियता सङ्कटमा पर्दै गएको छ ।भूराजनीतिक चपेटामा नेपाल फस्दै गएका ज्ञवालीले बताउनुभयो ।
वर्तमान सरकारले भ्रष्टाचारको छानबिन गर्ने भनेर नाटक मञ्चन गरिरहेको पनि उहाँले आरोप लगाउनुभएको छ । “छानबिन गर्दै जान्छ । भ्रष्टाचार गर्ने व्यक्तिको नजिक पुगेपछि रोकिन्छ । भ्रष्टाचार सम्बन्धीका मुद्धामा छानबिन गर्ने भन्ने यो सरकारको नाटक मात्र हो”, उहाँले भन्नुभयो, “वर्तमान सरकार खासखासका विदेशी शक्तिहरुलाई रिझाउने र खासखासका शक्तिहरुलाई चिँढ्याउने काममा लागेको छ । महङ्गी बढेको छ । नेकपा एमाले नेतृत्वको सरकारले सुरु गरेका ७५३ वटै स्थानीय तहमा निर्माण शुरु गरेका अस्पतालहरु वर्तमान सरकारले बजेट कटौती गरेर अलपत्र पारेको उहाँले जानकारी गराउनुभयो ।
मूलुकमा देखिएका चौतर्फी सङ्कट चिर्नको लागि एमाले नेतृत्वको सरकार आवश्यक रहेको उहाँले जिकिर गर्नुभयो ।”उपमहासचिव ज्ञवालीले भन्नुभयो“पार्टी अध्यक्षले गर्न लाग्नुभएको अभियान समाजिक एकता र राजनितिक सन्देशको भएको दाबी गर्नुभएको छ ।”
गत असोज १२ र १३ भएको अधिबेशनबाट निर्वाचित कोशी प्रदेशका अध्यक्ष घनश्याम खतिवडा,उपाध्यक्ष टिकाराम चेम्जोङ,सचिव राजकुमार भण्डारी, उपचिव देवन राई ,लेखा आयोगका सचिव ओमप्रकाश घिमिरे,प्रदेश कमिटी सदस्यहरु खडेन्द्र राई, बिणादेवी राई, चर्च बहादुर बिश्वकर्मा,राजन ढकाल,प्रभातबिक्रम कट्वाल,दिलकुमारी राई,कमल बुडाथोकी,सुनिल राई र पुष्पकला भूजेललाई कार्यक्रमका प्रमुख अतिथि एमालेका उपमहासचिव ज्ञावलीले कदर पत्रले सम्मान गर्नुभएको थियो ।
नेकपा ‐एमाले) जिल्ला कमिटी खोटाङका अध्यक्ष रामप्रसाद दंगालको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत उपाध्यक्ष देवबिक्रम राई र सञ्चालन उपसचिव सुरेन्द्र कुमार राईले गर्नुभएको थियो ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री राजेन्द्र कुमार राई ,केन्द्रिय सदस्य तथा पूर्व मन्त्री बसन्तकुमार नेम्वाङ, केन्द्रिय सदस्यहरु खगेन्द्र राई,किरण पौडेल,खेलकुद महासंघका केन्द्रिय अध्यक्ष प्रशुराम बस्नेत,भूतपूर्व सैनिक संगठनको केन्दीय अध्यक्ष विनोद पाण्डे लगाएतको कार्यक्रममा उपस्थिती रहेको थियो ।