नेकपा एकीकृत समाजवादीका अध्यक्ष समेत रहेका पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकार बनाउन उपयुक्त हुने बताएका छन्।

विराटनगर विमानस्थलमा सञ्चार कर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष नेपालले सांसद संख्याको कारणले अस्थिरता भएकाले सबै मिलेर स्थिर सरकार बनाउनु पर्ने उनले बताएका हुन् ।

मुख्यमन्त्री केदार कार्कीले शुक्रबार नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका एक÷एक जनालाई मन्त्री बनाएपछि असन्तुष्ट बनेको एमाले आज सरकारबाट बाहिरिएको छ ।

अध्यक्ष नेपालले कोशीमा अब पुरानो गठबन्धन मात्रै कायम रहेको बताए । ‘सर्वपक्षीय सरकार बनेको छैन,’ अध्यक्ष नेपालले भने ‘कहिले को सत्तामा को प्रतिपक्षमा हुने भन्ने अवस्थाले गुज्रिरहेको छ । त्यसैले सबै मिलेर सहमतिको सरकार बनाउनु पर्छ ।’

कोशी प्रदेशको अस्थिरतामै धकेलिरहेको उनले बताएका छन् । ‘सर्वदलीय बनाएर आलोपालो गरेको भए पनि हुने थियो । मैले पहिलाका मुख्यमन्त्री हिक्मतकुमार कार्की जीलाई पनि भनेको थिएँ। तपाइहरूको पार्टीको तर्फबाट स्थायी सरकार बनाउनका लागि पहल गर्नुहोस् भनेर । सरकार ढाल्ने बनाउने काममा नलाग्नुहोस् भनेको थिएँ । तर भने जस्तो हुँदैन रहेछ । यो सरकारले विश्वासको मत लिएकाले अब केही समय चल्छ होला’ उनले भने ।

मुलुकको अवस्था कहालीलाग्दो रहेको अध्यक्ष नेपालको भनाइ रहेको छ । ‘आर्थिक अवस्था सुधार गर्न व्यापक छलफल गरौँ भनेर मैले हिजो प्रधानमन्त्रीलाई भनेको छु,’ अध्यक्ष नेपालले भने ‘भ्रष्टाचार अन्त्य गरेर जनताको निराशा अन्त्य गर्नुपर्छ भनेर पनि भनेको छु ।’ रिगल ढकाललाई माफी दिने निर्णय गलत भएको समेत बताएका छन् ।

अध्यक्ष नेपालले पाटीका नेता तथा कार्यकर्तालाई भूकम्प पीडितको उदार तथा राहतमा खटिन पनि आग्रह गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय