असोज २८,खोटाङ ।नेकपा (एमाले) जिल्ला कमिटी खोटाङले विजया दशमी,शुभ–दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदान –प्रदान तथा चियापान कार्यक्रम गरेको छ ।
आइतवार पुष्पलाल स्मृति भवन दिक्तेलमा आयोजित विजया दशमी ,शुभ –दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको हो ।
नेकपा (एमाले) जिल्ला कमिटी खोटाङका अध्यक्ष रामप्रसाद दंगालको अध्यक्षता तथा नेकपा (एमाले) केन्द्रिय सदस्य तथा कोशी प्रदेशका पूर्व सामाजिक बिकास मन्त्री उषाकला राईको प्रमुख आतिथ्यता कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमका बिशेष अतिथि पूर्व साँसद कुलप्रसाद फुयाल,जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई,अतिथिहरु माओवादी केन्द्र खोटाङका अध्यक्ष आकाश पाण्डे, नेपाली काँग्रेसकी महाधिबेशन प्रतिनिधि डिल्ली कुमारी आचार्य, नेकपा एमाले कोशी प्रदेशका लेखा आयोगका सचिव ओमप्रकाश घिमिरे ,जनता समाजवादी पार्टीका नेता निर्मल राई, उद्योग वाणिज्य संघ खोटाङका अध्यक्ष राजन आचार्य,नेपाल निजामति कर्मचारी संगठनको केन्द्रिय सचिवालय सदस्य धुव्रकुमार कार्की, नेपाल राष्ट्रिय शिक्षक संगठनको केन्द्रीय सदस्य मोहनकाजी राईले कार्यक्रममा शुभकामना मन्तव्य राख्नु भएको थियो ।
एमाले खोटाङका उपाध्यक्ष देवबिक्रम राईले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन सचिव कुमार आचार्यले गर्नुभएको थियो ।कार्यक्रममा राजनीति दल प्रतिनिधि,संघ सस्था प्रतिनिधि, शिक्षक,कर्मचारी,पत्रकार लगाएतको उपस्थिति रहेको थियोे ।