नेपाली कांग्रेस कोसी प्रदेश संसदीय दलका नेता उद्धव थापाले पदबाट शनिबार राजीनामा दिएका छन् ।
पछिल्लो समय संस्थापनइतर अर्थात डा. शेखर कोइराला पक्षधरबाट दलको नेता फेर्ने कसरत भइरहेको थियो । थापा कृष्णप्रसाद सिटौला पक्षधर हुन् । उनलाई पार्टी सभापति शेरबहादुर देउवाको पनि साथ थियो ।
थापाले राजीनामा दिनुका पछाडि प्रदेशको मुख्यमन्त्री नियुक्तिसँग सम्बन्धित लफडा मुख्य कारण हो । उनी आफूले पनि राजीनामा पत्रमा कोसी प्रदेश सरकार निर्माणको प्रक्रियामा भएका विकसित घटनाक्रमले नैतिकताका आधारमा संसदीय दलको नेताका रूपमा बसिरहन उपयुक्त नभएको महसुस गरेको खुलाएका छन् । दलको नीति, आदर्श र सिद्धान्तप्रति भने प्रतिवद्ध रहँदै आगामी दिनमा क्रियाशील रहने थापाले स्पष्ट पारेका छन् ।
गठबन्धनको निर्णयविपरीत कांग्रेसबाट विद्रोह गरेका पार्टीको इतर पक्षका केदार कार्की मुख्यमन्त्री नियुक्त भएका छन् । कार्की मुख्यमन्त्री बनेसँगै थापाले दलको नेताबाट राजीनामा दिएका हुन् । पत्रकार सम्मेलन गर्दै उनले नैतिकताका आधारमा आफूले राजीनामा दिएको स्पष्ट पारे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय