दमक – झापाकाे दमक नगरपालिका ६ र ७ नम्बर वडामा पर्ने पशुहाटबाट उत्तर नगरपालिकाकाे कार्यालय तर्फ जाने ब्यस्त सडकमा ब्यवसायीले ढाट तेर्स्याएर सडक अबरुद्ध गरेका छन् । ढल निर्माणका लागि भन्दै छदाछदैकाे सडक भत्काएर अलपत्र पारेपछि धुलाेले हैरान बनाएकाे भन्दै ब्यवसायीले ढाट लगाएर सडक अबरुद्ध गराएका हुन् । धेलाेकाे हैरानीले बसिनसक्नुभएपछि पटक पटक नगरपालिकामा ध्यानाकर्षण गराउदापनि बेवास्था गरिएकाे भन्दै यहाका ब्यबसायीले सडक अबरुद्ध पारेका छन् । केही दिन अघि नगर प्रमुखलाई ब्यवसायीहरुले ध्यानाकर्षण पत्र बुझाएका थिए । साेहि दिन साझ ठेकेदारले केही काम गरेजस्ताे गरेर ब्यवसायीलाई थुम्थुम्याउने काम गरेका थिए । तर, पुन कामनै सुचारु नभएपछि ढाट लगाउन बाध्य भएकाे ब्यवसायीहरुकाे गुनाशाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर