विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त भएका छन् । आज प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्रीमा समर्थन गरेका प्रदेशसभा सदस्यहरूको सनाखत गर्ने क्रममा कार्कीको बहुमत पुगेपछि उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

गठबन्धनका तर्फबाट मुख्यमन्त्रीका दाबेदार माओवादीका इन्द्र आङबोले बहुमत सिद्ध गर्ने अवसर नै पाएनन् । मुख्यमन्त्रीका लागि ४७/४७ सांसदको समर्थन रहेको भन्दै कार्की र आङबो दुई जनाले दाबी पेस गरेपछि आज बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म प्रदेश प्रमुख खापुङले सनाखत गर्ने समय दिएका थिए ।

सनाखत गर्न पहिले अवसर पाएका कार्कीले बिहान ४७ प्रदेश सभा सदस्य पुर्‍याएपछि उनलाई मुख्य मन्त्री नियुक्त गरिएको हो । कर्कीलाई पत्र दिने तयारी भइरहेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

मुख्यमन्त्रीमा माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बो र नेपाली कांग्रेसका केदार कार्कीले दाबी पेस गरेपछि प्रदेश प्रमुखले हस्ताक्षर सनाखत गर्ने निर्णय लिएका थिए ।

संविधानको धारा १६८ को उपधारा ५ अनुसार प्रदेश प्रमुख खापुङले हिजो साँझ पाँच बजेसम्ममा मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर