झापा ,बिर्तामोडका व्यवसायी गोविन्द अधिकारी वेपत्ता भएको ५ दिनपछि मृत फेला परेका छन् । उनलाई प्रहरीले भद्रपुर- ४ स्थित चिया बगानमा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
बिर्तामोड -४ का अधिकारी भद्रपुर रोडमा तरकारी व्यवसाय गर्दै आएका थिए । प्रहरीका अनुसार भदौं ३१ गते वेपत्ता भएका उनलाई असोज ५ गते प्रहरीले फेला पारेको प्रहरी प्रवक्ता खगेन्द्र रिजालले जानकारी दिए ।
६० वर्षीय अधिकारीको शव प्रहरीले मेची प्रादेशिक अस्पतालमा पोष्टमार्टमका लागि ल्याएको थियो । सो समयसम्म पहिचान नभएपछि प्रहरीले परिवारको खोजी गर्दा आइतवार शवको पहिचान भएको झापा प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर