झापाको बिर्तामोड र मेचीनगरका ३ जना युवालाई इलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागुऔँषध नियन्त्रण ब्युरोको प्रहरी टोलीले लागुऔषध ब्राउन सुगर सहित शुक्रवार पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बिर्तामोड-३ बिर्ताबजारका २४ वर्षीय उत्सब चौधरी छन् । भारततिरबाट नेपाल आउँदै गरेको बेला चौधरीको चेकजाँच गर्दा उनको साथबाट १ ग्राम ५ सय मिलिग्राम ब्राउन सुगर बरामद भएको थियो ।
यसैगरी सोही टोलीले मेचीनगर-९ झोडाका २० वर्षीय निर्दोष डाँगी र २७ वर्षीय साजन राजवंशीलाई १ ग्राम ९०० मिलिग्राम लागुऔषध ब्राउन सुगर सहित पक्राउ गरेको छ । तिनै जना उपर इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय