असार २२, खोटाङ । खोटाङ पूर्ण खोप सुनिश्चिता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । “पूर्ण खोप सुनिश्चिता भबिश्य र पूर्ण खोप पाउनु बालबालिकाको अधिकार हो ।” भन्ने मूल नाराकासाथ जिल्ला खोप समन्वय समितिद्वारा शनिबार आयोजित एक समारोहमा सविधानसभा सदस्य दुर्गाजयन्ती राईले पूर्ण खोप सुनिश्चिता तथा दिगोपना जिल्ला घोषणा गर्नुभएको हो ।
जिल्लाको १० वटै स्थानीय तहहरुले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिसकेपछि जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्य प्रसाद सिक्तेलले बताउनुभयो । उहाँले भन्नुभयो “जन्मेदेखि १५ महिनासम्मका सम्पूर्ण बालबालिकालाई नेपाल सरकारबाट निःशुल्क दिइने सबै खोप मात्रा लगाएकाले खोटाङलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको सिक्तेलले जानकारी दिनुभयो ।”
जिल्लामा ५ बर्ष मुनिका कुल १६ हजार ५ सय ५ जना बालबालिका छन् । २२ जना बालबालिका कुनै खोप नलगाएका र नियमित तथा पूर्ण खोप नलाएका ५० बालबालिका भेटिएको थियो । ती सबै बालबालिकालाई खोप लगाइसके पछि ती मध्य पूर्ण खोप सुनिश्चिता तथा दिगोपना जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
पूर्ण खोप सुनिश्चिता पालिका घोषणा गर्ने जिल्लाका १० वटै पालिका प्रमुख र स्वास्थ्य शाखालाई जिल्ला खोप समन्वय समितिले प्रशंसा पत्रले सम्मान गरेको थियो ।
घोषणसभामा कार्यक्रममा हलेसी तुवाचुङ नगरपालिका स्वास्थ्य शाखा संयोजक प्रकाश घिमिरे,नेपाल रेडक्रस सोसाईटी खोटाङ शाखाका मन्त्री छत्रकुमार मजिमय,फेमिलि केयर अस्पतालका प्रमुख डा.के.के राई,उद्योग बाण्ज्यि संघ खोटाङका अध्यक्ष राजनप्रसाद आचार्य,राष्ट्रिय स्वातन्त्र पाटीं खोटाङका संयोजक डा.राजकुमार राई, जसपा खोटाङका अध्यक्ष पिके खम्बु ,एमाले खोटाङका सचिवालय सदस्य चर्च बहादुर बिश्वकर्मा,नेपालीका नेता सुवनबाबु आचार्य ,माओवादी केन्द्रका अध्यक्ष आकाश पाण्डे, प्रमुख जिल्ला अधिकारी भोजराज खतिवाडा, हलेसी तुवाचुङ नगरपालिकाका मेयर बिमला राई, पूर्व साँसद कुलप्रसाद फुयालले कार्यक्रममा शुभकामना मन्तव्य राख्नुभएको थियो ।
जिल्ला खोप समन्वय समिति तथा जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राईको अध्यक्षतामा भएको घोषणसभामा कार्यक्रमको सञ्चालन जिल्ला खोप समन्वय समितिका तथा जिल्ला स्वास्थ्य कार्यालय प्रमुख सचिव पुण्यप्रसाद सिक्तेलले गर्नुभएको थियो ।