दुर्गा प्रसाईँले खडा गरेको संगठन ‘कालोमोसो दस्ता’का संयोजक शम्भु थापालाई प्रहरीले पक्राउ गरेको छ ।

थापालाई चितवनको भरतपुरबाट नियन्त्रणमा लिइएको हो । प्रहरीका अनुसार थापालाई गएराति चितवनको मालपोत कार्यालय नजिकै रहेको एक चिया पसलबाट पक्राउ गरिएको हो ।

बैंक तथा वित्तीय संस्थाका प्रमुखहरुलाई कालोमोसो दल्ने भन्दै धम्कीपूर्ण अभिव्यक्ति दिने गरेका पसाईँले केही दिन अघि चितवनकै नारायणी नदी किनारमा सभा गर्दै ‘कालोमोसो दस्ता’ गठबन गरेका थिए ।

सोही सभाले सम्भू थापालाई संयोजक तोकेको थियो । त्यसअघि दुर्गा प्रसाईँले धर्म, संस्कृति, राष्ट्र, राष्ट्रियता र नागरिक अभियानको नाममा देशका विभिन्न ठाउँमा सभा गरी कालोमोसो दस्ता संगठनको घोषणा गरेका थिए । पक्राउ परेका थापामाथि थप अनुसन्धान हुने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर