
खोटाङ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नं १ याम्खाले जाडो छल्न ८३ वर्ष पुरा भएका जेष्ठ नागरिकलाई टिम्बाको सिरक वितरण गरेको छ ।सोमबार वडा कार्यालयले ८३ वर्ष पुरा भएका याम्खाका २० जना जेष्ठ नागरिकलाई एक कार्यक्रमको बीच गाउँपालिका अध्यक्ष लोकेन्द्र राई र प्रमुख प्रशासकीय अधिकृत लोकेन्द्र बहादुर राईले टिम्बाको सिरक वितरण गर्नुभएको हो ।
वडा कार्यालयले लक्षित समूह बिकास कार्यक्रम अन्तर्गत ५० हजार बराबरको सिरक खरिद गरि जेष्ठ नागरिकहरुलाई प्रदान गरिएको वडा सचिव प्रकाशचन्द्र राईले बताउनुभयो ।
जिल्लामा अत्यधिक चिसो बढेकाले जाडो छल्न जेष्ठ नागरिकलाई केहि राहत पुगोस् भन्ने उद्देश्यले सम्मान स्वरुप सिरक वितरण गरिएको अध्यक्ष लोकेन्द्र राईले बताउनुभयो । अध्यक्ष राईले भर्नुभयो “ जेष्ठ नागरिक हाम्रो अबिभावक भएका कारणले पालिकाले सम्मान स्वरुप जेष्ठ नागरिकहरुलाई प्रोत्साहन र हौसला प्रदान गर्ने कार्यक्रम सबै वडामा सञ्चालन गर्ने उहाँले जानकारी दिनुभयो ।”
जाडोको समयमा जेष्ठ नागरिकलाई सम्मान गर्ने उद्देश्यले पालिकाले सिरक वितरण गर्ने कार्यक्रम प्रभावकारी भएकोजेष्ठ नागरिकहरु बताउँछन् । वडा अध्यक्ष केसव कुमार खत्रीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन वडा सचिव प्रकाशचन्द्र राईले गर्नुभएको थियो ।