खोटाङ । खोटाङको रावाबेँसी गाउँपालिकामा कोरोना महामारीका कारण बन्द भएको साप्ताहिक हाटबजार पूःर्ण सञ्चालनमा ल्याइएको छ । विश्वभर फैलिएको कोरोना महामारीको संक्रमण रोकथाम तथा न्यूनीकरणका क्रममा बन्द गरिएको हाटबजार शुक्रबारदेखि पूर्ण  सञचालनमा ल्याइएको हो ।

रावाबेँसी गाउँपालिका–१ कुभिण्डेको हरमटारमा हरेक शुक्रबार लाग्ने हाटबजार दुई वर्षपछि पूर्ण सञ्चालनमा ल्याइएको हो ।

स्थानीय कृषि उपज बस्तुलाई बजारिकरण गर्दै कृषकको आयआर्जनमा थप टेवा पु¥याउने उद्देश्यले २०७७ पुस १० गतेदेखि हरमटारमा हाट बजार सुरु गरेको थियो । तर कोरोना महामारी फैलिएपछि कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको निर्देशन अनुसार हाट बजार बन्द गरिएको थियो ।

२०७९ पुस ८ गते जनप्रतिनिधि, कर्मचारी, राजनैतिक दल, घरेलु तथा साना उद्योग महासंघ, नागरिक समाज, अगुवा कृषक लगायतको समन्वय बैठकको निर्णय अनुसार हाटबजार सञ्चालनमा ल्याईएको गाउँपालिका अध्यक्ष फटिक कुमार श्रेष्ठले बताउनुभयो । स्थानीय कृषि उपज बस्तुलाई बजारिकरण गर्दै कृषकको आयआर्जनमा थप टेवा पु¥याउने उद्देश्यले पूःर्ण हाटबजार सञ्चालनमा ल्याईएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

बन्द हाटबजार पूःर्ण सञ्चालनमा आएपछि स्थानीय कृषकहरु उत्साहित भएका छन् । आफुले उत्पादन गरेको कृषि उपज बस्तुलाई बजार सम्म लगेर बिक्रि बितरण गरेर त्यसबाट आएको केहि रकमले जिविका पार्जनमा केहि मद्धत पुग्ने कृषक पदम कुमारी पाण्डे, कुमारी राई बताउँछन।
.
हाट बन्द भएपछि टहरामा कोरोना संक्रमित राख्नका लागि क्वारेन्टाइन निमार्ण गरिएको थियो । क्वारेन्टाइनलाई हाटबजारको टहराका रुपमा प्रयोग गर्ने तयारी गरिएको गाँउपालिकाले जनाएको छ ।
६ वडा रहेको गाउँपालिकामा लिची, केरा, तरकारी, धान, दलहन, सागसव्जी उत्पादन हुने प्रख्यात ठाँउको रुपमा जिल्लामा चिनिन्छ । गाँउपालिकाले कृषकले उत्पादन गरेको कृषिजन्य उपज बस्तुलाई भण्डारण गर्ने ६२ लाखको लागतमा हरमटारमा चिस्यान केन्द्र निमार्ण भईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर