राजन ठटाल,खोटाङ । खोटाङको ऐसेलुखर्क गाउँपालिकाले कृषकलाई प्रोत्साहन गर्ने उद्देश्यले कृषि मेला प्रर्दशनी गरेको छ । “कृषि क्षेत्रको आधुनिकरण लागि व्यवस्थित पूर्वाधार प्रविधिमैत्री कृषि उत्पादन ऐसेलुखर्कको आधार” भन्ने नारासहित १३ पुस र १४ पुसमा कृषि मेला प्रदर्शन गरिएको हो । पालिका स्तरीय कृषि मेला प्रर्दशनीमा सहभागीमध्ये उत्कृष्ट ५१ किसानलाई मूल्याङ्कन गर्दै नगद तथा प्रमाण–पत्रसहित सम्मान गरिएको छ ।
१७ वटा बिधामा ५१ जना कृषकलाई सम्मान गरिएको गाउँपालिकाले जनाएको छ । कृषि मेला प्रर्दशनीमा १६१ कृषकले ४५६ आइटम अर्थात कृषिजन्य वस्तु प्रर्दशनी गरेको ऐसेलुखर्क गाउँपालिकाका कृषि शाखा संयोजक प्रमोदकुमार राजभण्डारीले बताउनुभयो ।
निर्वाहमूखी खेतीलाई व्यावसायिक बनाउन र अर्गानिक उत्पादनमा जोड दिँदै कृषकलाई प्रोत्साहन गर्ने उद्देश्यले पालिका स्तरीय कृषि मेला प्रर्दशनी आयोजना गरिएको हो । कृषकले उत्पादन गरेको वस्तुलाई बजार सम्म जोड्न र खेतीपातीतर्फ कृषकलाई आर्कषण गर्न कृषि मेलाको आयोजना गरिएको ऐसेलुखर्क गाँउपालिका अध्यक्ष गिरेन्द्रबहादुर राईले बताउनुभयो । कृषकलाई प्रोत्साहन र उत्साह भर्न गाउँपालिकाले आयोजना गरिएको कृषि मेला प्रर्दशनी प्रभावकारी भएको छ ।
कृषि मेला प्रर्दशनीमा खाद्यान्न बालीतर्फ जिरामायाँ राई प्रथम, राजेन्द्र राई दोश्रो र सन्तमाया बिश्वकर्मा तेश्रो हुनु भएको छ । दलहन तर्फ मिनबहादुर राई प्रथम, हिमकला राई दोश्रो र जमुना राई तेश्रो, तेलहनतर्फ अडिमान बिश्वकर्मा प्रथम, खड्गबहादुर श्रेष्ठ दोश्रो र लिलादेवी राजभण्डारी तेश्रो, सुन्तला जातका फलफुलतर्फ हिमकला राई प्रथम, तारासुर राई दोश्रो र दुर्गा राई तेश्रो हनुभएको छ ।
यस्तै, आलुतर्फ डिल्ल्डी राजभण्डारी प्रथम, राममाया दाहाल दोश्रो र भूपेन्द्र राजभण्डारी तेश्रो, केरातर्फ सरस्वती अधिकारी पहिलो, भन्द्रचन्द्र राई दोश्रो र भक्तिमाया राई तेश्रो, किबी तर्फ अंगत राई प्रथम, प्रेमबहादुर राई दोश्रो र कमला राई तेश्रो, निर्यात प्रवद्र्धन बालीतर्फ डिल्लिमाया राई प्रथम, हिमकला राई दोश्रो र नरबहादुर पराजली तेश्रो, गोलभेडातर्फ कुलबहादुर राई प्रथम, डिल्लीराम लम्साल दोसे र दिलबहादुर राई तेश्रो, काउलीतर्फ सरिता श्रेष्ठ पहिलो, निरबहादुर तामाङ दोश्रो र कैलास राई तेश्रो, नगदेबालीतर्फ डिल्लीराम लम्साल प्रथम, हरिता राई दोश्रो र नबिना श्रेष्ठ तेश्रो हुनुभएको छ ।
तरकारीतर्फ गोबिन्द बन पहिलो, माइते बन दोश्रो र कमला राई तेश्रो, जरेबालीतर्फ मिनबहादुर राई प्रथम, दोस्रो राजकुमार श्रेष्ठ, तेस्रो गोबिन्द वन तेश्रो, मसला बालीतर्फ कमला राई प्रथम, कर्णबहादुर राई दोश्रो र मिनबहादुर राई तेश्रो, कन्दमूलतर्फ दिलबहादुर राई प्रथम, नौल सिंह दोश्रो र बिष्णुमायाँ पौडेल तेश्रो, च्याउतर्फ टेकबहादुर राई प्रथम, अन्यबालीतर्फ भूपेन्द्र राजभण्डारी प्रथम, तारासुर राई दोश्रो र सुबोध बिश्वकर्मा तेश्रो हुनु भएको छ । कृषि मेला प्रर्दशनीमा प्रथम हुने कृषकलाई जनही तीन हजार दोस्रो हुनेलाई जनही दुई हजार र तेस्रो हुनेलाई जनही एक हजारका साथमा प्रमाण–पत्रसहित सम्मान गरिएको छ ।