काठमाडौं । असोज १ गतेदेखि काठमाडौं जिल्लाका सबै विद्यालय खुल्ने भएकाे छ । स्वास्थ्य मापदण्ड पालना गरेर भौतिक रुपमै विद्यालयलगायत शैक्षिक संस्थाहरू खुलाउने तयारी गरिएकाे हाे ।

कोरोना संक्रमणकाे महामारीका कारण यस वर्षकाे शैक्षिक शत्रका कक्षाहरू शुरू हुन पाएकाे छैन ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले दिनुभएकाे जानकारी अनुसार स्थानीय तहको अनुमतिमा स्वास्थ्य मापदण्ड पालना गरी शैक्षिक संस्था भौतिक रुपमा खोल्न सकिने सहमति प्रशासन र स्थानीय तहबीच भएकाे हाे ।

काठमाडाैंका सबै विद्यालयहरूले हाल अनलाइन कक्षा सञ्चालन गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर