खोटाङ । खोटाङको बराहपोखरी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । नेपाल सरकारले १६ महिनादेखि ५९ महिना उमेर समूहका बालबालिकालाई १३ वटा रोगविरुद्धको खोप पालिकाका सबै बालबालिकालाई लगाईसकेपछि मंगलबार एक कार्यक्रमको बीच गाउँपालिकालाई औपचारिक रुपमा पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको हो ।

गाउँपालिकाभित्रका ५५७ जना बालबालिकालाई नेपाल सरकारबाट निःशुल्क प्राप्त हुने सबै प्रकारका खोप पाएसँगै पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको हो ।

जिल्ला खोप समन्वय समिति खोटाङले परीक्षण गर्दा समेत पालिकाका सबै बालबालिकाले पूर्ण खोप पाएको सुनिश्चित भएसँगै गाउँपालिका स्वास्थ्य शाखाले आयोजना गरेको कार्यक्रममा जिल्ला खोप समन्वय समिति खोटाङका संयोजक एवम् जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गर्नुभएको हो ।

गाउँपालिकाका अध्यक्ष सालिकराम बञ्जराको अध्यक्षता तथा जिल्ला खोप समन्वय समिति खोटाङका संयोजक एवम् जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष भुवलराज राई,प्रमुख प्रशासकीय अधिकृत दिलकुमार अधिकारी  र स्वास्थ्य कार्यालय खोटाङका प्रमुख जीवनप्रसाद चौलागाई लगायतको कार्यक्रममा उपस्थिती रहेको थियो । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख इन्दिरा कार्कीले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन गाउँपालिका सूचना अधिकारी रमेश पोखरेलले गर्नुभएको थियो ।

नेपाल सरकारको राष्ट्रिय कार्यक्रम अन्तरगत खोटाङ जिल्लालाई आगामी असार–१० गतेभित्र पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गर्ने तयारी गरिएको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख जीवनप्रसाद चौलागाईँले जानकारी दिनुभएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा नियमित खोप लगाउने १२ हजार बालबालिका रहेको कार्यालय प्रमुख चौलागाईँले जानकारी दिनुभएको छ ।

२०७४ पुस–१४ गते खोटाङलाई ३१ औँ पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको थियो । त्यसयता हरेक वर्ष खोटाङमा पूर्ण खोप सुनिश्चितता तथा दीगोपना कार्यक्रम सञ्चालन हुँदै आएको छ । नेपाल सरकारले जन्मेदेखि दुई वर्षभित्र हरेक बालबालिकाले बिसिजी, दादुरा–रुबेला, पोलियो, जापनिज इन्सेफइटिस लगायतका १३ रोगविरुद्धको खोप निःशुल्क उपलब्ध गराउँदै आएको छ । जन्मेदेखि दुई वर्षभित्रका ९५ प्रतिशत बालबालिका सबै प्रकारका खोप पाएको खण्डमा सरकारले पूर्ण खोप सुनिश्तिता भएको घोषणा गर्ने गरेको छ ।

त्यस्तै ः यस अघि साकेला गाउँपालिका, हलेसी तुवाचुङ नगरपालिका,दिक्तेल रुपाकोट मझुवागगढी नगरपालिका,केपिलासगढी गाउँपालिका,ऐसेलुखर्क गाउँपालिका,खोटेहाङ गाउँपालिका र रावाबेँसी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिसकिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर