जेठ २०,खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र वडा कार्यालयय जालपाको संयुक्त आयोजनामा जालपामा सम्पन्न खुला डवल ब्याडमिन्टन प्रतियोगिताको उपाधि दिक्तेलका पुजन आचार्य र सञ्जय कार्कीले जित्नुभएको छ । प्रतियोगितामा दिक्तेलका समिर बजिमय र विकास खत्री दोस्रो तथा जालपाका युनिशन राई र रमेश श्रेष्ठ तेस्रो भएका छन् ।
त्यस्तै, महिला डबलतर्फको प्रतियोगितामा दिक्तेलको रेणुका राई र ममता राई प्रथम, जालपाका अनिता श्रेष्ठ र वर्षा गुरुङ दोस्रो तथा दित्तेलका कल्पना जोशी (राई) र स्मिता राई तेस्रो भएका छन् । डबल पुरुष भेट्रानतर्फको प्रतियोगितामा दिक्तेलका राजु श्रेष्ठ र समिर बजिमय प्रथम, जालपाका गोपाल गुरुङ र ज्ञानबहादुर श्रेष्ठ द्धितीय र दिक्तेलका मनबिक्रम राई र हरि खत्री तेस्रो भएका छन् ।
पन्ध्र वर्षमुनिका पुरुषतर्फको प्रतियोगितामा केपिलासगढी गाउँपालिका–४ का ग्याल्जेन तामाङ र आशिष राई प्रथम, दिक्तेलका संयोग धमला र विवेक आचार्य द्धितीय र दिक्तेलकै योजन दाहाल र अनिशान्त दंगाल तृतीय भएको भएका छन् ।
खुला महिला÷पुरुष दुवैतर्फ प्रथम, द्धितीय, तृतीय हुनेले क्रमशः नगद रु २० हजार, रु १५, रु दश हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान प्राप्त गरेका छन् । भेट्रान्सतर्फ प्रथम, द्धितीय र तृतीय हुनेले क्रमशः नगद रु १२ हजार, रु दश हजार, रु आठ हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान प्राप्त गरेका छन् । त्यस्तै, पन्ध्र वर्षमुनिका पुरुषतर्फ प्रथम, द्धितीय, तृतीय हुनेले क्रमशः नगद रु आठ हजार, रु पाँच हजार, रु तीन हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान प्राप्त गरेका छन् ।