खोटाङ, २० जेठ । दिक्तेल रुपाकोट मझुवाढी नगरपालिका–१२ जालपामा आयोजित खुला वडास्तरीय भलिबल प्रतियोगिताको उपाधि ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१ कुईभिरले जितेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र वडा कार्यालयय जालपाको संयुक्त आयोजनामा आइतबार सम्पन्न प्रतियोगिताको फाइनल खेलमा रावाबेँसी गाउँपालिका–१ कुभिण्डेलाई हराउँदै कुईभिरले उपाधि जितेको हो ।

फाइनल खेलमा कुईभिरले १९–२५,२४–२६ र १७–२५ मा कुभिण्डेलाई हराएको आयोजकले जनाएको छ । उपाधि विजेता कुईभिरले नगद रु ५० हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको वडाअध्यक्ष दानबहादुर राईले जानकारी दिनुभएको छ ।

प्रतियोगिताको दोस्रो स्थानमा चित्त बुझाएको रावाबेँसी गाउँपालिका–१ कुमिण्डेले नगद रु ३० हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ् । विभिन्न जिल्लाका १९ वडाले सहभागिता जनाएको प्रतियोगितामा ऐसेलुखर्क गाउँपालिका–५ महेश्वरी तेस्रो भएसँगै नगद रु २० हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

भलिबल खेलको विकास गर्दै स्थानीयस्तरमा खेलाडी उत्पादन गर्ने उद्देश्यले खुला वडास्तरीय भलिबल प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ । विजेता खेलाडीलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय अनुशासन आयोगका अध्यक्ष एवम् पूर्वसांसद टंक राई, नेपाल कम्युनिष्ट पार्टी (एमाले) खोटाङका निवर्तमान अध्यक्ष रामप्रसाद दंगाल, समाजसेवी जयश्वर राई लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error code: 520
SLOT GACOR
Paito SDY Lotto
data HK
SLOT GACOR