झापा — दुई वर्ष अघि देखी मकै जोन कार्यक्रम संचालन गरिएको झापाको झापा गाउँपालिकामा मकैमा लगाउने रसायनिक मल समयमै नपाउँदा किसानहरु चिन्तित बनेका छन् । यहाँका किसानले मल नपाए पछि सिमावर्ती क्षेत्र भारत बिहारको दिघलबैंकबाट महङ्गो रकम तिरेर मल भित्राउन बाध्य हुनुपरेको छ।

झापाको झापा गाउँपालिकामा करिव ५०० हेक्टर भन्दा बढी क्षेत्रफलमा मकै खेती हुने गरेको कृषि शाखाको तथ्याङ्क रहेको छ।यता सुलभ मूल्यमा नेपालबाटै पाइने मल समयमै नपाउँदा महङ्गो रकम तिरेर भारतिय गुणस्तरहीन मल किन्न बाध्य हुनु परेको किसानको गुनासो रहेको छ।

भारतमा मल लिन जाँदा पनि सहजै नपाउने र यहाँ ५० केजी ९२५ रुपैयाँमा पाउने युरिया मलको भारतबाट ल्याउदा ४५ केजीकै १४ सय देखी १६ सय सम्म पर्ने झापा -३ का स्थानीय कृषक अलाउदिन मियाँले बताए।युरिया मलको अभाव हुँदा मकैवाली सप्रिन नसकेको उनको भनाई छ ।

युरिया मलको अभावमा किसानलाई मकैवाली लगाउन गाह्रो भएको झापा -४ का स्थानीय अफजल मियाँले बताए ।अधिकांस जमिनमा मकै खेती गर्ने किसानले समयमै मल हाल्न नपाएपछी मकै बालीमा गरेको लगानी समेत उठ्न मुस्किल भएको किसानले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर