संखुवासभा – संखुवासभामा निर्माणाधिन ९ सय मेगावाट क्षमताको अरुण तेश्रो आयोजनाका प्रभावित परिवारले मुआब्जा नपाएको भन्दै चौंथो पटक सडक अवरुद्ध गरेका छन् । उनीहरुले पावरहाउस स्थल संखुवासभाको दिदिङ–पुखुवा सडकखण्ड अवरुद्ध पारेका हुन् ।
स्थानीय, निर्माणको जिम्मा पाएको भारतीय सतलज र स्थानीय प्रशासनसँग सहमति गरेर मुआव्जाको विवाद मिलाउने तयारी भइरहेको स्थानीय प्रशासनले जनाएको छ ।