मोरङको उर्लाबारी नगरपालिका उपप्रमुख तथा अनुगमन समिति संयोजक लक्ष्मीदेवी भण्डारी, प्राविधिक कञ्चन भट्टराई, समेतको टोलीले वडा नं–५ का विभिन्न योजनाको अनुगमन गरेको छ।

आज विहीवार उक्त टोलीले वडा नम्बर–५ मा निर्माण सम्पन्न भएका विभिन्न योजनाहरुको अनुगमन गरेको हो।

उर्लाबारी नगरपालिकाबाट विनियोजित ४ लाख ८३ हजार ३ सय ९६ बजेटबाट ३ सय मिटर वशिष्ट मार्ग सडकमा पुराइ तथा मर्मत, नगरपालिकाको १ लाख ९० हजार जनसहभागिताबाट २१ हजार १ सय ११ गरी कुल २ लाख११हजार १ सय ११ रूपैया बजेटबाट १ सय ५९ मिटर कृषि मार्गमा ट्याक मर्मत सम्भार (जनज्योति मार्ग पूर्व) गरिएको छ ।

उर्लाबारी नगरपालिकाको ६ लाख ५० हजार र जनसहभागिताबाट १ लाख १४ हजार ७ सय ५ रूपैयाँमा निर्माण सम्पन्न भएको लाङ्घाली चोकदेखि सखुवा गाछी ड्रेन निर्माणको अनुगमन गर्नुभएको उपमेयर लक्ष्मीदेवी भण्डारीको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय