दमक – झापाको दमक नगरपालिका र राष्ट्रिय भूमि आयोग बिच सम्झौता भएको छ । भुमि सम्बन्धी समस्या समाधानका लागि गठित आयोगका अध्यक्ष केशव निरौला र दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली विच मंगलबार सम्झौता पत्रमा हस्ताक्षर भएको हो । अब १८ माघदेखि आयोगले दमकमा काम शुरु गर्ने छ । दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले २७ पुसमा आयोगसँग सम्झौता भएको बताए । उनले भने, केही राजनीतिक दलको सदस्य भएपछी मात्रै धनिपुर्जा दिइने भनेर अफवाह फैलाइएको रहेछ, त्यो सरासर झुटो हो । ओलीले दमकमा जनप्रतिनिधी निर्वाचित भएर आएसँगै भुमिहिन सुकुम्बासीको लगत संकलन गरिरहेको बताए । अघिल्लो आयोगले समेत अधिकाशं काम गरिसकेको दाबी गर्दै उनले भने, विचमा आयोग बिघटन नभएको भए यसबेला दमकमा धनिपुर्जा वितरण भइसकेको हुने थियो । उनले दमकमा बिपक्षमा रहेको गठबन्धनलाई ठगी धन्दा नगर्न आग्रह समेत गरेका छन् । दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद तिम्सीनाले बिगतको आयोगले धेरै काम सम्पन्न गरिसकेको र केही प्राविधिक काम मात्रै बाकीँ रहेको बताए । उनले भने, दमकमा अव्यवस्थित बसोबास, सुकुम्बासी र भुमिहिनलाई जग्गाधनी बनाउनका लागि बिगतदेखि नै कामहरु भइरहेका छन् । उनले अब आयोगसँगको सम्झौता भएसँगै प्राविधिक काम छिट्टै शुरु गर्ने उल्लेख गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर