दमक — झापाको दमकस्थित दमक बहुमुखी क्याम्पसका विद्यार्थी र यातायात व्यवसायीबिच सहमति भएपछि केहि दिनदेखी जारी विद्यार्थीको आन्दोलन स्थगित भएको छ ।
सार्वजनिक सवारीका साधनमा विद्यार्थीलाई चढ्न नदिएको र विद्यार्थीलाई सार्वजनिक बसका कर्मचारीले दुब्र्यबहार गर्ने गरेको भन्दैविद्यार्थीहरु आन्दोलित भएका थिए । हिजो ईलाका प्रहरी कार्यालय दमकमा सरोकारवाला पक्षहरु भेला भई आगामी दिनमा विद्यार्थीलाई सहज ढङ्गले बसमा चढ्न दिने, दमकस्थित निम्स अस्पताल छेउमा बस रोक्न दिने लगायतका बिषयमा सहमति भएपछि विद्यार्थीहरुले हालका लागि आन्दोलन स्थगित गरेको अखिल क्रान्तीकारी झापाका उपाध्यक्ष लक्ष्मी नेपालले जानकारी दिए ।
यस्तै हिजो भएको सम्झौता कार्यान्वयन भए नभएको बिषयमा आज अनुगमन समेत गरिएको छ । विद्यार्थी प्रतिनिधि, यातायात व्यवसायी, ट्राफिक प्रहरी र नेपाल प्रहरीका प्रतिनिधीहरुले गरेको अनुगमनमा सहमति कार्यान्वयन भईरहेको पाईएको विद्यार्थी नेता नेपालले जानकारी दिए ।
ताजा समाचार
लोकप्रिय
© 2025, All right reserved to efocusnews.com
Design: Ytech