कोरोना महामारीको तेस्रो लहर सुरु भएको भन्दै नेकपा एमालेले प्रदेश अधिवेशन माघको अन्तिम साताका लागि सारेको छ ।

एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले प्रदेश अधिवेशन आगामी माघ २८ र २९ का लागि सारिएको जानकारी दिनुभयो । मंसिरको अन्तिम साता भएको एमाले केन्द्रीय बैठकले माघ ८ गते एकैदिन प्रदेश अधिवेशन गर्ने निर्णय गरेको थियो ।यता, जिल्ला अधिवेशन सुरु भएको पाँचौ दिनसम्म आइपुग्दा ५२ जिल्लाको नेतृत्व चयन भएको छ । सर्वसम्मत नेतृत्व चयनका लागि केन्द्र र प्रदेशबाट तल्लो तहसम्म सर्कलुर जारी गर्दा पनि केही जिल्लाको नेतृत्वमा आँकाक्षीबीच सहमति जुट्न नसक्दा मतदानबाट नेतृत्व चयन भएको हो ।

हालसम्म कपिलवस्तुबाट डम्मर शर्मा, पश्चिम नवलपरासीबाट दिपेन्द्र अधिकारी, ताप्लेजुङबाट भुपेन्द्र थेबे, बागलुङका हिरा केसी र प्युठानका विजयविराज विष्ट निर्वाचनको प्रक्रियाबाट अध्यक्षमा निर्वाचित भएका छन् ।

दैलेख, कास्की, जाजरकोटलगायतका जिल्लामा मतदान भइरहेको र केही जिल्लामा नेताहरु सहमति जुटाउनमै केन्द्रीत बन्दा उद्घाटन भएका बन्दसत्र सुरु भएको छैन । अध्यक्ष सर्वसम्मत भएका केही जिल्लामा अन्य पदाधिकारी र सदस्य मतदानबाट चुनिएका छन् । प्रदेश २ मा सप्तरीबाहेक अन्य ७ जिल्लामा अधिवेशनले गति पाउन सकेको छैन । केही जिल्लामा केन्द्रीय तहका नेताहरुको अघोषित प्रतिस्पर्धाले नेतृत्व चयनमा सकस पर्दै गएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर