पथरीशनिश्चरे – स्थानीय पाठ्यक्रम निर्माणका लागि सरोकारवालाहरुसँग कार्यशाला गोष्ठी सम्पन्न भएको छ । मोरङको पथरीशनिश्चरे नगरपालिकाले उक्त कार्यशालाको आयोजना गरेको हो ।
कार्यशालामा नगरको शिक्षा शाखा प्रमुख एवम् स्थानीय पाठ्यक्रम निर्माण कार्यदलका संयोजक शालिग्राम काफ्लेले स्थानीय पाठ्यक्रम निर्माण आजको आवश्यकता भएको औंलाउँदै यसको निर्माण र कार्यान्वयनमा समस्याहरू पनि रहेको बताउनुभएको थियो । उहाँले सवैको सहकार्यमा सफलता हात पार्न सकिने बताउनु भयो । नगर शिक्षा समितिको निर्णय बमोजिम गठित स्थानीय पाठ्यक्रम निर्माण कार्यदलले राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७५ अनुरुप कक्षा १ देखि ८ सम्मको पाठ्यक्रम निर्माणका लागि पहिलो चरणमा सरोकारवालाहरुसँग कार्यशाला गरेको हो । संस्कृति, सामाजिक विविधता, इतिहास, सांस्कृतिक सम्पदा, पुरातत्व, परम्परागत तथा प्रचलित सीप तथा कला, ऐतिहासिकता, भूगोल, प्राकृतिक सम्पदा सहितका विषयमा सरोकारवालाहरुले छलफल गरी टिपोट बुझाएका छन् ।

कार्यक्रममा कार्यपालिका सदस्य एवम सामाजिक विकास समिति सदस्य भद्रमान विश्वकर्मा, कार्यदल सदस्य सचिव नगर शिक्षा शाखा अधिकृत नवीन खुलाल बुढाथोकी, कार्यदल सदस्य रोहिणीप्रसाद घिमिरेले आफ्ना धारणा राख्नुभयो । कार्यदल सदस्य ऋषिराज धिमालले कार्यशालमा अवधारणा प्रस्तुत गर्दै सहजीकरण गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर