उर्लाबारी – उर्लाबारी नगरपालिका उप-प्रमुख लक्ष्मीदेवी भण्डारीले सन्थाल महिलाहरूको लागि ३ महिने आधारभूत सिलाई कटाई तालिम उद्घाटन गर्नुभएको छ ।

उर्लाबारी नगरपालिकाको आयोजनामा अति सिमान्तकृत सन्थाल समूदायको महिलाहरूको लागि सञ्चालित ३ महिने आधारभूत सिलाइकटाइ तालिम सूरू भएको हो ।

तालिम उद्घाटन गर्नुहुँदै उपप्रमुख भण्डारीले सिमान्तकृत सन्थाल समुदायका महिलाहरूको जिवनस्तर माथि उठाउन र जिविकोपार्जन गर्ने भर्पर्दो सीप दिलाउन तालिम संचालन गरिएको बताउनुभयो ।

साथै , उप- प्रमुख भण्डारीले आजै विपन्न, दलित, एकल महिलाहरूको लागि सञ्चालित २ महिने एडभान्स सिलाइकटाई तालिमको समेत उद्घाटन गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर