झापा, २०७८ पौष २४ गते ।झापाको मेचीनगर नगरपालिका ६ मेचि भन्सार कार्यालयको गेट अगाडीबाट लागूऔषध ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा पाँचथर फागुनन्द गाउँपालिका ३ गुफाडाँडाका २६ बर्षीय राकेश तामाङ रहेका छन् ।
आज दिनको पौने ३ बजे जिल्ला प्रहरी कार्यालय झापा, लागूऔषध नियन्त्रण ब्युरो काकडभिट्टा र ईलाका प्रहरी कार्यालय काकँरभिट्टाबाट खटिएको प्रहरी टोलीले उनलाई ब्राउन सुगर ५० ग्राम सहित पक्राउ गरेको हो । पक्राउ परेका तामाङको ईलाका प्रहरी कार्यालय काकँरभिट्टाबाट थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय