काठमाण्डाै – भोलि बिहीवारका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । अर्को बैठक यही पुस २८ गते बुधवार बस्नेछ ।

सङ्घीय संसद्का महासचिव डा. भरतराज गौतमले आज बुधवार सूचना निकालेर बैठक यही पुस २८ गते दिउँसो १ बजे बस्ने जानकारी गराउनुभएको हो । ‘प्रतिनिधि सभा नियमावली २०७५ को नियम (६) को उपनियम (३) बमोजिम प्रतिनिधि सभाको अर्को बैठक यही पुस २८ गते दिउँसो १ बजे बस्ने गरी निर्धारण गरिएको छ’ , सूचनामा भनिएकाे छ ।

यसअघि पुस १८ गतेका लागि बोलाइएको बैठक पनि सूचना टाँसेर स्थगित गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर