मक,२० पुस । झापा र सुनसरीको दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । झापाको, झापा गाउँपालिका–१ रसुनामा भएको सवारी दुर्घटनामा घाईते भएका बिरगंञ्ज नगरपालिका–५ बाराका २२ वर्षीय गनिया अबदुल मियाको उपचारको क्रममा बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
उत्तरबाट दक्षिण तर्फ जादै गरेको ना ४ त ७६६७ नंम्बरको ट्याकटर आफै अनियन्त्रीत भई सडकमा दुर्घटना हुँदा सोही ट्याकटरको सह चालक मिया घाईते भएका थिए । दुर्घटनाका घाईतेलाई उपचारको लागि अस्पताल पठाईएकोमा उपचारको क्रममा मृत्यु भएको थियो ।

उता सुनसरीको धरान उप–महानगरपालिका १५ मा रोकी राखेको ट्रकमा मोटरसाईकल ठोक्किदा चालकको मृत्यु भएको छ । धरान–१५ का आरालाईनमा रोकी राखेको ना ७ ख ११५८ नंम्बरको ट्रकमा वा ५८ प ८३२८ नंम्बरको मोटरसाईकल आफै ठोकिएर दुर्घटना हुँदा चालक भक्तपुर घर भई धरान–१५ बस्ने ४२ बर्षीय राजेश सिजापती घाईते भएका थिए ।

घाइतेलाई उपचारको लागी घोपा लगिएकोमा उपचारकोमा क्रममा सोमबार राती नै मृत्यु भएको हो । दुबै घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर