झापास्थित आन्तरिक राजश्व कार्यालय भद्रपुरको अन्तःशुल्क लक्ष्य अनुसार पुग्न सकेन । राजश्व कार्यालयले चैत मसान्तसम्म २ अर्ब ६९ करोड ६४ लाखको लक्ष्य राखेको २ अर्ब १६ करोड ३० लाख मात्र संकलन गर्न सकेको छ।

९० करोड ८२ लाख मूअकरको लक्ष्यमा ७५ करोड ७८ लाख र १ अर्ब २३ करोड ७० लाख आयकरको लक्ष्यमा १ अर्ब १३ करोड संकलन गरेको तथ्याङ्क छ।
चैत महिनासम्म ४७ करोड १० लाख अन्तःशुल्क उठाउने लक्ष्य रहेकामा ५८ प्रतिशत अर्थात् २७ करोड ५२ लाख मात्र संकलन भएको छ।

कार्यालय प्रमुख कृष्णचन्द्र काफ्लेका अनुसार यस क्षेत्रका माछापुच्छ्रे डिस्टिलरी र किंग्स लिकर्स गरी २ मदिरा उद्योग यसै वर्षदेखि बन्द छन्‌।
त्यस्तै प्रति किलो ५० पैसा अन्तःशुल्क तिर्दे आएका सनराइज, काबेली, मित्तल र मनसा सिमेन्ट उद्योग पनि बन्द छन्‌। यसको असर अन्तःशुल्क संकलनमा परेको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर