बिर्तामोड – तमु ल्होसार गोल्डकप अन्तर्राष्ट्रिय महिला नकआउट फुटबल प्रतियोगिताको उपाधि धरानले उचालेको छ । खेल अवधिभर दुवै टिमले गोल गर्न नसकेपछि उपाधिको नतिजाका लागि सडनडेथमा धरानले उपाधि रक्षा गरेको हो ।
बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा विहिबार भएको फाइनल खेलमा पाँचथरको श्रीसिंह सिद्धदेवी ङोलो क्लबलाई धरान महिला फुटबल क्लबले सडनडेथमा २–१ को गोल अन्तरले गोल गर्दै उपाधि उचालेको हो ।
उपाधिसंगै धरानले नगद १ लाख ११ हजार १११, ट्रफी र मेडल पाएको छ । उपविजेता टोली पाँचथरले ५१ हजार १११ रुपैयाँ ट्रफी र मेडल प्राप्त गरेको छ ।
खेलका प्यलेर अफ द म्याच पाँचथरकी प्रमिला राई घोषित भइन् । त्यस्तै, प्रतियोगिता अवधिरका बेस्ट फर्वाड धरानकी समिक्षा मगर, बेस्ट मिड फिल्ड पाँचथरकी प्रमिला राई, बेस्ड डिफेन्स पाँचथरकी रोश्नी क्षेत्री, बेस्ट गोल किप्पर धरानकी सीमा आले मगर, बेष्ट कोच धरानकी भगवती राना मगर भईन् । प्रतियोगिता भरिकी सर्वोत्कृष्ट खेलाडी धरानकी समिक्षा मगर घोषित भईन् भने फ्लयर प्ले टिम आयोजक बिर्तामोड फुटबल क्लब घोषित भए ।
पाँचथरले मोरङको पथरी शनिश्चरे महिला एफसीलाई २–० को गोल अन्तरले पराजित गर्दै अन्तिम दुईमा स्थान पक्का गरेको थियो । धरानले रोयल एफसी दमकलाई टाइब्रेकरमा ३–२ गोलअन्तरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको थियो । प्रतियोगितामा ६ टिमको सहभागिता रहको थियो । गुरुङ समुदायको महान चाड तमु ल्होसारको अवसरमा प्रतियोगिता आयोजना गरिएको हो ।
बिर्तामोड फुटबल क्लबले आयोजना गरेका प्रतियागिताका विजेता तथा उपविजेतालाई क्लबका अध्यक्ष डिके गुरुङलगायतले पुरस्कार वितरण गरेका थिए ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to efocusnews.com
Design: Ytech