झापा – दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले नेकपा एमालेको केन्द्रीय सदस्यमा उम्मेद्वारी दिने भएका छन् । दोस्रो कार्यकाल दमकका मेयर भएका उनी एमाले भित्र इमान्दार र सदागी नेताका रुपमा चिनिन्छन् । ओलीले भुमिगत कालदेखि पार्टीका बिभिन्न कमिटीका बसेर जिम्मेवारी निर्वाह गरिरहेको र यस पटक महाधिवेशनमा केन्द्रीय कमिटी सदस्य या आयोगको सदस्यमा उम्मेद्वारी दिने बताए । अहिले सरसल्लाह भइरहेको छ, उनले भने, यस पटक केन्द्रीय कमिटी सदस्य वा आयोगको सदस्यका रुपमा उम्मेद्वारी दिने छु । ओली भुमिगतकाल देखि एमालेमा रहेर बिभिन्न कमिटीमा काम गरिसकेका छन् । अहिले प्रदेश कमिटी सदस्य रहेका उनी एमाले जिल्ला उपसचिव, अध्यक्षमा उम्मेद्वार समेत रहेका थिए । उनी दमक नगरपालिकाको प्रमुखमा दोस्रो पटक सानदार बिजय हासिल गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर