झापा ।  महानन्द चोकमा बङ्गुरको मासु बिक्री गर्ने इन्द्र कुमार मगरको हत्या ‘मैले गरेको’ भन्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनिले शुक्रवार राती ९ बजे महानन्द चोकमा खसीको मासु विक्री गर्ने टिकाराम थापा र उनको पसलमा कार्यरत धुव्र बुढाथोकीलाई पक्राउ गरेको हो ।
‘माल्दाई मासु पसल’ का सञ्चालक थापाले मगरको भाइ सन्तोष मगरलाई ‘तेरो दाइलाई मैले मारेको’ भनेपछि प्रहरीलाई जानकारी गराइएको थियो । इन्द्रका जन्तरे भाइ सन्तोषले इजलाससित भने – तेरो दाइलाई मैले मारेको भनेपछि प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको छ । कुराकानीका क्रममा टिकारामले मलाई भने, तेरो दाइको हत्यारा भेटियो ? उनले जवाफमा भने, छैन । प्रहरीले खोजी गरिरहेको छ । अनुसन्धान गरिरहेको छ । लगत्तै, थापाले उनलाई ‘‘यत्रो’ भेट्छस्, तेरो दाइलाई मैले मारेको हो । के प्रमाण छ ? भन्दै विवाद गरेको इन्द्रका भाइले भने । थापाले सो समयमा मादक पदार्थ सेवन गरेको उनको भनाई छ ।
पक्राउ परेका थापाका छोरा भवेश थापाले घटनाबारे आफू जानकार नभएको बताए । आफू शनिवार मात्रै घर आएको भन्दै उनले शुक्रवार राती भएको कुराकानी जानकारी नभएको बताए । उनले भने, मगर र उनका बुबा बिच साथीको सम्बन्ध थियो । मगर उनीको मासु पसलसँगै सञ्चालन गरिएको होटेलमा आउजाउ समेत गर्थे । बुबा र मगर बिच रेला ठट्टा चल्ने गरेको छोरा भवेशले सुनाए । उनीहरूबिच मित्रवत् सम्बन्ध थियो ।
बिर्तामोड–५ महानन्द चोकमा लामो समयदेखि मासु व्यवसाय गर्दै आएका मगरको असोज २४ गते राती ८ बजे हत्या भएको थियो । मगरको घाँटीमा र पाखुरामा धारिलो हतियार प्रहार भएको थियो । प्रहरीले हालसम्म घटनाको सत्य तथ्य पत्ता लगाउन सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर