झापा । नेपालमा अन्तर्राष्ट्रिय स्तरको सपिङ प्रदान गर्दै आइरहेको मुलुककै ठुलो चेन सुपरस्टार भाटभटेनीले झापाको दमकमा स्टोर शुभारम्भका अवसरमा प्रदान गरेको छुट यथवतनै रहेको जनाएको छ ।

भाटभटेनीले आज एक बिज्ञप्ति जारी गर्दै दमक तथा आम झापावासी महनुभावहरुले भाट्भटेनी प्रति देखाउनु भएको माया तथा विश्वासले आफूहरू गौरवान्वित भएको जनाउँदै सबैमा कृतज्ञता तथा आभार प्रकट गरेको छ ।

भाट्भटेनिले दमक स्टोरमा आम दमकवासी उपभोक्ता हरूको उत्साहजनक उपस्थिति रहेको बताउँदै शुभारम्भका अवसरमा प्रदान गरिएको १० र २० प्रतिशतका छुटहरू यथावत् नै रहने जनाएको हो ।

भाट्भटेनिले शुभारम्भका अवसरमा ग्रोसरी, रेडीमेड गार्मेन्ट, फुटवेयर एवम् किचनवेयर लगायतका सामानहरूमा १० प्रतिशत तथा इलेकट्रोनिक्सका सामानहरूमा २० प्रतिशत सम्म नगद छुट प्रदान गर्दै आएको थियो ।

यो स्टोर झापा जिल्लामा दोस्रो हो । यसअघि झापाकै बिर्तामोडमा २६ औ स्टोर सञ्चलनमा आइसकेको छ । शिलान्यास गरेको १३ महिनामै झापाको दमकमा भाट्भटेनिले यो स्टोर सञ्चलनमा ल्याएको हो ।करिब १ अर्ब ५० करोड बढीको लगानीमा १४ कट्ठा क्षेत्रफलमा १ लाख १६ हजार स्क्वायरफिट सपिङ स्पेस सहित सञ्चालनमा आएको यो स्टोर झापा जिल्लाको दोस्रो तथा कोशी प्रदेशको पाँचौँ स्टोर हो ।

यस अघि झापाको बिर्तामोडसहित कोशी प्रदेशका धरान, विराटनगर तथा इटहरी मा स्टोर सञ्चालनमा आइसेको छ । यस स्टोरमा ग्रोसरी, किचनवेयर, रेडिमेड गार्मेन्ट, फुटवेयर, इलेकट्रोनिक्स, ब्रान्ड गार्मेन्ट, ब्रान्ड फूट्वेर, फूड्कोर्ट, मल्टिप्लेक्स सिनेमा हल तथा बालबालिकाका लागि किड्स जोन तथा स्केट पार्क लगायतका सुविधाहरू रहेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर