दमक उद्योग वाणिज्य संघले यहि माघ २८ गतेदेखि फागुन १२ गतेसम्म प्रादेशिक स्तरिय पाँचौ दमक महोत्सव २०८० को तयारीमा तीव्रता दिएको छ । संघले ६ वर्षपछि दमकमा पुनः महोत्सव गर्न लागेको हो ।
महोत्सवको समय नजिकिएसंगै संघले प्रचारात्मक कार्यलाई तीव्रता दिनुका साथैं महोत्सवस्थलको तयारीका कामहरु धमाधम भईरहेको आयोजक संस्था दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईले जानकारी दिए । महोत्सव दमक ७ स्थित सयपत्री टोलको रतुवा किनारमा हुने छ । महोत्सवमा ५ करोड बराबरको कारोवार हुनुका साथैं एक लाख दशर्कले प्रत्यक्ष अवलोकन गर्ने लक्ष्य राखिएको अध्यक्ष गुरागाईले बताएका छन् ।
महोत्सवमा औद्योगिक व्यापार,पर्यटन ,प्रवद्र्धन एवं कृषि उपजको प्रर्दशनी हुने छ । महोत्सव सफल बनाउन संघले वरिष्ठ उपाध्यक्ष राजु खड्काको संयोजकत्वमा १५१ सदस्यीय मूल आयोजक समिति गठन गर्नुका साथै एक दर्जन बढी विभिन्न तयारी उपसमितिहरु समेत गठन गरिएको जनाईएको छ ।
महोतसव मूल आयोजक समितिका संयोजक खड्काले महोत्सव सफल बनाउन सरोकारवालाहरुसंग अन्तरकृया समेत गरिएको बताए । राजनीतिक दल, सामाजिक संघसंस्था तथा आदिवासी जनजातिका अगुवाहरुसंग महोत्सवका सन्दर्भमा छलफल गरिएको उनले बताए । त्यसैगरि, धमनाधम व्यवसायिक स्टलहरु निर्माण भईरहेका छन् । महोत्सवमा एक सय बढी स्टल रहने संघले जनाएको छ ।
महोत्सवमा अनुमानित आम्दानीतर्फ १ करोड ३ लाख ५० हजार र त्यसमा कार्यक्रमका लागि ९८ लाख खर्च हुने अनुमानित गरिएको संघले जनाएको छ । खर्च मध्ये संघले यस महोत्सवबाट ५ लाख ५० हजार बचत गर्ने लक्ष्य राखिएको अध्यक्ष गुरागाईको भनाई छ । महोत्सवको बचत रकम निर्माणाधिन इलम प्रशिक्षण केन्द्रमा खर्च गरिने उल्लेख छ ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to efocusnews.com
Design: Ytech