गठबन्धन आवद्ध माओवादी केन्द्र र एकीकृत समाजवादी सरकारमा सहभागी भएसगै नेकपा एमाले कोशी प्रदेश सरकारबाट बाहिरिएको छ ।

पार्टीबाट मन्त्री बनेका रामबहादुर मगरले आज पदबाट राजीनामा दिएका छन् । उनले शनिबार बिहान मुख्यमन्त्री केदार कार्कीलाई निवासमै पुगेर राजीनामा बुझाएका हुन् ।

मुख्यमन्त्री कार्कीले एमालेको सहमतिबिना गठबन्धन दलहरू माओवादी केन्द्र र नेकपा ९एकीकृत समाजवादी०बाट शुक्रबार दुई मन्त्री नियुक्त गरेका थिए । आफूहरूको सहमति विपरीत सरकार विस्तार गरेको भन्दै एमालेले सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाएको हो ।

मगर गत असोज २७ गते मन्त्री नियुक्त भए पनि उनको जिम्मेवारी भने तोकिएको थिएन ।

प्रतिक्रिया

सम्बन्धित खवर