नेपालीहरूको ठूला चाडपर्व नजिँकिँदै गर्दा ठूला सवारी दुर्घटनाका घटना पनि बढ्ने गर्छन । जसले गर्दा प्रत्येक नेपालीलाई चाडपर्व खल्लो बनाइदिन्छ । काठमाडौंलाई कर्मथलो बनाएर बसेकाहरू दसैं, तिहार, छठलगायतका चाडपर्वका लागि काठमाडौं उपत्यकाबाट धमाधम बाहिरिने क्रम जारी छ ।
चाडपर्वलाई लक्षित गरेर यातायात व्यवसायीले अग्रिम टिकट पनि बिक्री गरे । जसका आधारमा भन्दा गत वर्षमा झण्डै दोब्बर यात्रु उपत्यकाबाट बाहिरिने अनुमान छ । यो क्रम फूलपातीपछि अझै बढ्छ । फूलपातीबाट काठमाडौंका सडकममा सवारी चाप कम भइसकेको छ । सरकारले ठाउँ ठाउँमा यात्रु सहायता कक्षको व्यवस्था गरेको पनि जनाएको छ । जसले तोकिएको भन्दा फरक भाडा लिए, कुनै पनि किसिमको दुव्र्यवहार गरे तथा ठाउँठाउँमा कुनै पनि समस्या हुँदा सम्पर्क गर्न सकिनेछ । तर, सडकको अवस्था भने सुधार भएको छैन । अहिले पनि देशका विभिन्न ठाउँमा जाने सडकको अवस्था नाजुक छ । सडककै कारण पनि सवारी दुर्घटना बढेको अनुमान गर्न सकिन्छ । सडक विभाग, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, ट्राफिक प्रहरी, यातायात व्यवसायी सबैको ध्यान सुरक्षित यातायात भए पनि सडकको दुरावस्थाले सुरक्षित रूपमा यात्रु घर जानसक्ने वातावरण छैन । सडक मर्मतका विषयमा समयमा नै काम नगरेका कारण चाडपर्वको मुखमा धेरै सडक दुर्घटना हुने गरेका छन । हरेक वर्ष यस्ता घटना बढ्दा पनि सडक मर्मतमा सरकारको ध्यान जान सकेको छैन । पटक पटक वर्षाले गर्दा देशभरका धेरै सडकमा खाल्डाखुल्डी तथा बनेका बाटो पनि पुर्णरुपमा बिग्रिएको अवस्था छ । वर्षाले ठाउँठाउँमा पहिरोका कारण सडक अवरुद्ध भइरहेको छ । टाढाको बाटो, महिला, छोरी–चेलीबेटीलाई झनै गाह्रो हुन्छ । एक महिनाअघिदेखि टिकट काट्नुपर्छ । गाडी पाइँदैन कि भन्ने डरले चाडपर्वको बेलामा बस भाडा अझै महँगो हुन्छ । बाटोमा भन्दा बढी सवारी साधनमा समस्या देखिन्छ । टिकट काट्ने बेला राम्रो छ भनेर एउटै टिकट तीन चार जनालाई दिइएको हुन्छ । बाटोमा साधन बिग्रन्छ । कतिपय सिटहरू हल्लिने, राम्रो नपर्ने, झ्याल नहुने, भए पनि नखुल्ने हुँदा यात्र् सास्ती भोग्न बाध्य छन । यी यावत कुराका असुविधा निकै हुन्छ । बाटो पनि कहिले हिलो, कहिले बन्दै गरेको खाल्डाखुल्डी हुन्छ । अर्काे वर्ष सहज होला भन्यो, हुन्न । आजदेखिको कुरा होइन, बाटोका लागि त कति असहज छ भनेको बाटोको निर्माण सुरु हुँदादेखि हो । तर, सम्बन्धित निकायको ध्यान कहिल्यै जान सकेको देखिदैन । त्यसैले दशैं मनाउन घर फर्कनेहरु यि र यस्तै कारणले गर्दा दशैं दशा नबनोस् भनेर काठमाण्डौं छाड्नु अघि भगवान पुर्कान बाध्य छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर