खोटाङ । राज्यले जेष्ठ नागरिकलाई दिइने सेवा खोटाङमा कार्यान्यवन नभएको जेष्ठ नागरिकहरुले गुनासो गरेका छन् ।

सोमबार  जेष्ठ नागरिक संघ खोटाङले जिल्लामा जेष्ठ नागरिकहरुले अस्पताल ,गाडी भाडा, प्लेन भाडा, बैंक, लगाएतको ठाँउमा सेवा पाउँनको लागि जेष्ठ नागरिकहरुले सास्ती बेहोर्नु परेको साथै राज्यले जेष्ठ नागरिकलाई दिएको सेवा सुबिधाको कार्यान्यवन नभएको भन्दै  जिल्ला प्रशासन पुगि प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईलाई ध्यानकषर्ण गराएका छन् ।

गाडी भाडा र प्लेन भाडा बापत पाउनु पर्ने ५० प्रतिशत छुट जेष्ठ नागरिकहरुले नपाएको साथै अस्पताल, सरकारी कार्यालय र बैंकहरुमा अन्य नागरिकहरुले जस्तै जेष्ठ नागरिकहरुले लाइन बसेर सेवा लिनु परेको जेष्ठ नागरिक संघ खोटाङका अध्यक्ष दुर्गा प्रसाद घिमिरेले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालय पुगेका ज्येष्ठ नागरिकहरुको गुनासो सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी सुर्य प्रसाद सेडाइले भर्नुभयो सम्बन्धित निकाय सँग पहल गरि समस्याको समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर