काठमाडौं । कतारमा भइरहेको फिफा विश्वकप २०२२ को क्वाटरफाइनल समीकरण पूरा भएको छ ।मध्यराति भएको खेलमा स्वीट्जरल्याण्डलाई पराजित गर्दै पोर्चुगल क्वाटरफाइनल पुग्ने अन्तिम टिम बनेको हो । अब पोर्चुगललले क्वाटरफाइनलमा मोरक्को विरुद्ध खेल्नेछ । क्वाटरफाइनलमा युरोपबाट सर्वाधिक ५ टिम पुगेका छन् भने दक्षिण अफ्रिकाबाट दुई तथा अफ्रिकाबाट एक टिम छन् ।

एसियाका तीनवटा राष्ट्र र उत्तर अमेरिकी एक राष्ट्रको चुनौती भने अन्तिम १६ मै समाप्त भएको छ । युरोपबाट नेदरल्याण्ड्स, इंग्ल्याण्ड, फ्रान्स, क्रोएसिया र पोर्चुगल क्वाटरफाइनलमा प्रवेश गर्दा दक्षिण अमेरिकाबाट ब्राजिल र अर्जेन्टिना क्वाटरफाइनल पुगे ।

अफ्रिकन राष्ट्र मोरक्को भने पहिलो पटक विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको हो । एसियाका जापान, दक्षिण कोरिया र अष्ट्रेलिया तथा उत्तर अमेरिकाको अमेरिका अन्तिम १६ बाटै बाहिरिए ।यस पटक विश्वकपमा सबै महादेशबाट अन्तिम १६ मा प्रतिनिधित्व भएको थियो । तर क्वाटरफाइनलमा आइपुग्दा भने तीन महादेशका टिम मात्र बाँकी छन् ।

क्वाटरफाइनलमा क्रोएसियाले ब्राजिलसँग पहिलो खेल खेल्नेछ । नेदरल्याण्ड्स र अर्जेन्टिनाबीच दोस्रो क्वाटरफाइनल हुनेछ । यी दुई खेलको विजेता सेमिफाइनलमा भिड्नेछन् ।मोरक्कोले तेस्रो क्वाटरफाइनलमा पोर्चुगलसँग खेल्नेछ भने दुई पूर्व विजेता इंग्ल्याण्ड र फ्रान्सबीच अन्तिम क्वाटरफाइनल खेल हुनेछ । यी दुईको विजेताले दोस्रो सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन् । क्वाटरफाइनल खेल मंसिर २३ र २४ गते हुनेछ ।

क्वाटरफाइनल खेलतालिका

मंसिर २३ गते शुक्रबार

क्रोएसिया भर्सेस ब्राजिल (राति ८ः४५ बजे)

नेदरल्याण्ड्स भर्सेस अर्जेन्टिना ( मध्य राति १२ः४५ बजे)

मंसिर २४ गते शनिबार

मोरक्को भर्सेस पोर्चुगल (राति ८ः४५ बजे)

इंग्ल्याण्ड भर्सेस फ्रान्स ( मध्यराति १२ः४५ बजे)

सेमिफाइनल – मंसिर २७ गते मंगलबार

पहिलो क्वाटरफाइनल विजेता भर्सेस दोस्रो क्वाटरफाइनल विजेता ( मध्य राति १२ः४५ बजे)

मंसिर २८ गते बुधबार

तेस्रो क्वाटरफाइनल विजेता भर्सेस चौथो क्वाटरफाइनल विजेता ( मध्यराति १२ः४५ बजे)

तेस्रो स्थान – पुस २ गते शनिबार

पहिलो सेमिफाइनल उपविजेता भर्सेस दोस्रो सेमिफाइनल उपविजेता (राति ८ः४५ बजे)

फाइनल पुस – ३ गते आइतबार

पहिलो सेमिफाइनल विजेता भर्सेस दोस्रो सेमिफाइनल विजेता (राति ८ः४५ बजे)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

SLOT GACOR
Paito SDY Lotto
data HK
Slot
SLOT GACOR
Paito SDY Lotto
data HK
Slot