खोटाङ ।खोटाङको बराहपोखरी गाउँपालिका–६ मौवाबोटेमा नवनिर्मित वडा कार्यालयको भवन उद्घाटन गरिएको छ । गाउँपालिकाको ४५ लाख बजेट र उपभोक्ता समितिको १० प्रतिशत श्रमदानबाट निमार्ण गरिएको नवनिर्मित वडा कार्यालयको भवन शुक्रबार एक कार्यक्रमको बीच गाउँपालिकाका अध्यक्ष शालिकराम बञ्जाराले उद्घाटन गर्नुभएको हो ।
भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष बञ्जाराले नागरिकलाई सहज रुपमा सेवा प्रवाह गर्नको लागि नवनिर्मित भवनले महत्वपूर्ण टेवा प¥याउने बताउनुभएको छ । सुविधा सम्पन्न भवन नहुँदा नागरिकलाई सेवा प्रवाह गर्न कठिनाई भएको थियो । अव भवन निमार्णसँगै वडाबाट प्रवाह हुने सेवाहरु नागरिकहरुलाई सहजरुपमा प्रदान गर्न सकिने अध्यक्ष बञ्जाराले जानकारी दिनुभएको छ ।
गाउँपालिकाले वडा नम्बर १,२,३,५,मा पक्की नयाँ भवन निमार्ण गरि सञ्चालन ल्याइसकेको र बाँकी रहेको ४ नम्बर वडा कार्यालयको भवन चालू आर्थिक बर्षको बजेट निमार्ण हुने गाउँपालिकाका सूचना अधिकारी रमेश पोखरेलले बताउनुभयो । त्यस्तै ः गाउँपालिकाको प्रशासनीक भवनको काम अन्तिम चरणमा पुगेको गाउँपालिकाले जनाएको छ ।
वडाअध्यक्ष दुर्गाबहादुर राईको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष भुपालराज राई, वडा नम्बर १ का वडाअध्यक्ष ढकबहादुर कार्की,वडा नम्बर ४ का वडाअध्यक्ष शन्तोश आचार्य, वडा नम्बर ५ का वडाअध्यक्ष फौदराज राई र गाउँपालिकाका सूचना अधिकारी रमेश पोखरेल लगायतको उपस्थिती रहेको थियो ।