पछिल्लो समय रहन सहनमा फेरबदल आए संगै मानिशमा मेरुदण्डको समस्या धेरै देखिन थालको छ । ढाड कम्मर दुख्ने समस्याले सताएका धेरै बिरामी भेटिन थालेका छन् । तर जिवनसैलीलाई थोरै मात्रै परिवर्तन गर्दा यसबाट बच्न सकिन्छ भने समयमै उपचार गरे यो रोगबाट मुक्ति पनि पाईन्छ । नेपालमा स्पाईन सर्जनहरु थोरै मात्र रहेका छन् । दमकमा पनि पहिलो पटक एड्भान्स अस्पतालमा हाललाई प्रत्येक महिनाको अन्तिम बिहिबार स्पाईन सर्जन तथा मेरुदण्ड रोग बिषेशज्ञ डा. गौरबराज ढकालले सेवा दिन थाल्नु भएको छ । आगामी दिनमा एड्भान्स अस्पताललाई स्पाईन सम्बन्धि रोगको उपचार गर्ने बिषेस अस्पतालकै रुपमा बिकास गर्ने योजानामा दमकममै मासिक रुपमा सेवा दिन सुरु गर्नु भएका डा. ढकाल संग गरिएको कुराकानी ।
मेरुदण्डको समस्या भनेको कस्तो खालको समस्या हो ?
मस्तिस्क देखी तल पुच्छर सम्मको हाडलाई मेरुदण्ड भनिन्छ । त्यसमा हुने रोग अथवा सिधा भाषामा भन्नु पर्दा ढाड, कम्मर वा गर्धनको दुखाईलाईनै मेरुदण्डको समस्या भन्ने गरिन्छ । मानिशहरुलाई बर्षमा एक दुई पटक रुघा मर्कि लागे जस्तै ढाड गर्धनको दुखाई हुने गर्छ । ८० देखी ९० प्रतिसत नागरिकलाई बर्षमा एक वा दुई पटक ढाड र गर्धनको दुखाई हुने गर्दछ ।
कस्तो अवस्था भयो भने यसलाई रोगको रुपमा बुझेर उपचार गराउनु पर्दछ ?
सामान्यतया ३ वा ४ दिन सम्म दुखेर सामान्य औषधिबाट निको भयो भने सामान्य रुपमा लिनु पर्छ तर एक हप्ता भन्दा धेरै सम्म दुखाई भईनैरह्यो भने बिषेशज्ञ चिकित्सक संग परामर्श लिनु पर्छ । दुखाईको कारण रातिमा निन्द्रानै नलाग्ने हुने गर्छ । त्यसैगरी ढाड र गर्धनको दुखाई खुट्टा वा हातमा पैmलिउर जिनै दुख्न थाल्छ, शरिरको वजन कम हुँदै जाने, ज्वरो आउने, दुखाईका कारण हात खुट्टानै लुले हुने, कहिले काहिँ दिशा पिसाप नियन्त्रणमा राख्न नसकिने जस्ता समस्या देखिए भने रोग गम्भिर अवस्थामा पुगेको भन्न सकिन्छ ।
के कारणले गर्दा स्पाईनको समस्या हुने गर्दछ ?
यो धेरै कारणले हुने गर्दछ । बिषेश गरि त जिवनशैलीका कारणले यो रोग हुने गर्दछ । जस्तो खानपान व्यवस्थित नहँुदा, लामो समय सम्म एकै ठाउँमा बसेर काम गर्दा, शारिरिक व्यायाम नगर्दा ढाड र गर्धनमा समस्या आउन सक्दछ । त्यसका साथै जन्मँदै शारिरिक समस्या भएका ढाड र गर्धन बाङ्गो टिङ्गो भएको अवस्थामा बिषेश गरि बच्चामा हुने गर्दछ भने क्षरोग र क्यान्सरका कारण पनि ढाड र गर्धनमा ईन्फेक्सन हुँदा पनि यो दुखाईको समस्या आउने गर्दछ । त्यसका साथै ढाड र गर्धनको बाथका कारणले पनि यो समस्या आउने गर्दछ । तर धेरै जसो भने अहिलेको हाम्रो जिवनशैलीका कारणनै यो समस्या आउने गरेको छ ।
धेरैजसोको ढाड दुख्यो भन्दै औषधि पसलमा गएर दुखाई कम गर्ने औषधि खाएर निको पार्ने चलन छ नी रुघा मर्कि जस्तै सामान्य सम्झिाएर बस्दा हुन्छ ?
हैन ढाड र गर्धनको दुखाईलाई हल्का रुपमा लिनै हुँदैन । बिषेश गरि स्पाईनल क्यान्सर, स्पाईनल ट्युमर, स्पाईनल ईन्फेक्सन र बाथ संग सम्बन्धित रोगहरुको पहिलो लक्षणनै ढाड र गर्धनको दुर्खाइ हुन्छ । त्यसैले ढाड र गर्धनको दुखाई दुई दिन सम्म पनि निको भएन भने बिषेशज्ञ चिकित्सकलाई देखाउनै पर्दछ । यसलाई हेलचेक्र्याईं ग¥यो भने जटिल समस्या रहेछ भने त्यो बढेर जान सक्छ । अर्को दुखाई सामान्य औषधि खाएर निको प¥यो भने यो क्रोनिक हुन सक्छ, यो दुखाईलाई दिर्घ रोग बन्न नदिनको लागी पनि समयमै उपचार गराउनु जरुरी हुन्छ । ढाड र गर्धनको दुखाई दिर्घ रोगको रुपमा गयो भने यसले मानसिक तनाव पनि दिन थाल्दछ । मानिशलाई दिक्क लाग्ने, चिडचिडाहट हुने, झर्को लाग्ने, रातिमा निन्द्रा नलाग्ने, काममा मन नलाग्ने, रिस चाँडै उठ्ने हुन सक्छ । त्यसैले यसलाई बेलैमा उपचार ग¥यो भने निको हुन्छ ।


यो समस्या अथवा रोगबाट बच्ने उपाय चाहिँ कसरी त ?
यसबाट बच्नको लागी हाम्रो जिवन सैली परिवर्तन गर्नु पर्छ । अफिस जाँदा वा किनमेलको लागी बजार जाँदा सवारी सधनको प्रयोग नगर्ने । लिप्mटको धेरै प्रयोग नगर्ने, अफिसको कुर्सि ढाड सपोर्ट हुने खालको राख्ने, कम्प्युटरको स्कृत आँखाको लेबलमा राख्ने । धेरैको मोबायल चलाउँदा झुकेर चलाउने चलन छ, त्यसो नगरी सिधा आँखाको लेभलमा पारेर मोबायल चलाउने । ४५ मिनट भन्दा धेरै एउटै कुर्सिमा नबस्ने, अफिसमा बस्दा पनि ४५ मिनट पछि कुर्सि बाट उठेर एकछिन हिँड्ने अनि फेरी बस्ने । ओछ्यानमा सुतेर टिभि हेर्ने बानी छ भने त्यसो गर्नु हुँदैन । ड्राईभिङ पेसामा रहेको व्यक्तिले समय समयमा फिजियो थेरापिस्टलाई भेट्नु पर्छ । त्यसैगरी खानपानलाई व्यवस्थित गर्नु पर्छ । समयमै खाना खानुपर्छ, खाना खानासथ सुत्ने हैन केहिबेर पछि मात्रै सुत्ने, बिषेसगरी चुरोट खान हुँदैन । चुरोट पिउने व्यक्तिहरुलाई ढाड र गर्धनको समस्या हुन्छ । पानी प्रसस्त मात्रामा पिउने, फलफुल र सागसब्जि धेरै खाने गर्दा ढाडमा आउने परिवर्तनहरु कम हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर