मोरङको दुई स्थानमा बर्डफ्लू देखिएको छ । ग्रामथान गाउँपालिका–१ र बूढीगङ्गा गाउँपालिका–५ मा रहेको दुईवटा कुखुरा फर्ममा बर्डफ्लू देखिएको हो ।
मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालका अनुसार ग्रामथान गाउँपालिका–१ को खुनियाकट्टा र बूढीगङ्गा–५ मा रहेको लेयर्स कुखुरा फर्मका कुखुरामा बर्डफ्लू देखिएको हो । बर्ड फ्लू देखिएपछि ती स्थानका कुखुरा नष्ट गरिएको छ ।बूढीगङ्गामा रहेका पाँच हजार कुखुरामध्ये तीन हजार पाँच सय कुखुरा मरेपछि जाँच गर्दा बर्डफ्लू पुष्टि भएको थियो । फर्मका अन्य कुखुरा पनि नष्ट गरिएको छ । ग्रामथान–१ को काव्य कृषि फर्ममा पालिएको कुखुरामा बर्डफ्लू देखिएको थियो ।ग्रामथानकै अर्काे कृषि फर्म र कटहरी गाउँपालिका–७ मा रहेको फर्ममा पनि कुखुरा मरेका छन् । ती स्थानका कुखुरामा बर्डफ्लू जाँचको तयारी भइरहेको छ ।
ग्रामथान गाउँपालिका–१ का वडा अध्यक्ष नमोनारायण माझीले बर्डफ्लू देखिएपछि शुक्रबार राति कुखुरा नष्ट गरिएको बताए । बूढीगङ्गा गाउँपालिका–५ का अध्यक्ष रमेश खनालले आफ्नो वडामा रहेको एउटा कृषि फर्ममा बर्डफ्लू देखिएको
बताए । कुखुरामा बर्डफ्लू देखिएपछि सर्तकता अपनाइएको प्रमुख जिल्ला अधिकारी दाहालले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर