जेठ २४, खोटाङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ) खोटाङको सभापतिमा मुकुन्दकृष्ण थापा निर्वाचित हुनुभएको छ । आइतबार दिक्तेलमा सम्पन्न प्रथम जिल्ला अधिवेशनबाट थापा जिल्ला सभापतिमा निर्वाचित हुनुभएको हो ।

थापाले ७८ मत पाउँदा अर्का सभापतिका उम्मेदवार ओजोनबाबु आचार्यले २८ मत पाउनुभएको थियो । उपसभापतिमा गोबिन्द भुजेल र कोषाध्यक्षमा तारा दाहाल निर्विरोध निर्वाचित हुनुभएको हो । सचिवमा पर्शुराम थापा (आशिष) निर्वाचित हुनुभएको छ । थापाले ७१ मत पाउँदा सचिवका अर्का उम्मेदवार उद्धवप्रसाद आचार्यले २८ मत पाउनुभएको थियोे । सह–सचिवमा राजन अधिकारी निर्वाचित हुनुभएको छ । अधिकारीले ६४ पाउँदा अर्को सह–सचिवका उम्मेदवार दुर्वासा गेलालले २८ र भक्तबहादुर गिरीले ९ मत पाउनुभएको थियो ।

सदस्यमा चन्द्रबहादुर परियार, प्रकाश अधिकारी, कृष्णबहादुर केसी, थानेश्वर रिजाल, नविन आचार्य, केशरबहादुर श्रेष्ठ र मेघराज दंगाल निर्वाचित हुनुभएको छ । यस्तै, निर्वाचन क्षेत्र उप–संयोजकमा लवबहादुर गुरुङ, निर्वाचन क्षेत्र सचिवमा तुलाबहादुर खत्री र निर्वाचन क्षेत्र सदस्यमा भिमन गुरुङ निर्वाचित हुनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

?>