१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको नव निर्मित कार्यालय भवनको समुदघाटन भएको छ । कार्यालयको हाता भित्र आयोजित एक बिशेष कार्यक्रमका बिच १ नम्बर प्रदेशका माननीय मुख्य मन्त्री हिक्मत कुमार कार्कीले शिलालेख अनावरण गरी बिधिवत रुपमा समुद्घाटन गर्नु भएको हो ।

नव निर्मित भवनको समुद्घाटन र भवनको निरीक्षण पश्चात कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथी माननीय मुख्य मन्त्री कार्कीले भौतिक पुर्वाधारको अभाव र अपर्याप्तताले प्रहरी सेवाका कार्यहरुमा प्रत्यक्ष असर पर्ने बताउँदै सुबिधा सम्पन्न भवन प्राप्त भए संगै नागरीक सेवामा बिगतका दिनहरु भन्दा प्रभावकारी ढंगले अगाढी बढ्न नव निर्मित भवनको योगदान रहने बताउनु भयो ।

यसका साथै वहाँले सुरक्षाकर्मी सुरक्षित भएमा मात्र आम नागरीकले सुरक्षाको प्रत्याभुति पाउने हुँदा सुरक्षाकर्मीको सुरक्षामा प्रदेश सरकार सदैव तत्पर रहेको समेत बताउनु भयो । कार्यक्रममा धन्यवाद मन्तब्य राख्नु हुँदै प्रहरी संगठन प्रमुख प्रहरी महानिरिक्षक धिरज प्रताप सिंहले शान्ति सुरक्षा सबैको साझा जिम्मेवारी रहेको बताउँदै प्रदेश सरकारबाट प्रदेश प्रहरीलाई प्राप्त नयाँ भवन संगै कार्यरत प्रहरी कर्मचारीहरुमा थप मनोवल उच्च हुनुका साथै प्रदेश प्रहरी कार्यालयबाट आम नागरिकमा प्रदान हुने सेवा समेत समयानुसार स्तरिय हुदै जाने धारणा ब्यक्त गर्नु भयो ।

यसका साथै वहाँले सुन्दर भवनमा बस्ने प्रहरी कर्मचारहरुले जनमैत्री प्रहरी सेवा प्रदान गर्नेमा आफु बिश्वस्त रहेको बताउँदै कानूनको परिधिमा रही जन चाहना बमोजिमको प्रहरी सेवा प्रदान गर्न प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिनु भयो । कार्यक्रममा स्वागत मन्तब्य राख्नु हुँदै प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक श्याम लाल ज्ञवालीले सुबिधा सम्पन्न भौतिक सुबिधाले थप मनोवल बढ्ने र कार्यक्षेत्रमा समेत यसले अनुकुल वातावरण सिर्जना गर्ने बताउँदै सुबिधा सम्पन्न भवन प्राप्त भएसंगै थप जोश र उर्जाका साथ प्रहरी काम कारवाही गर्न प्रेरणा मिलेको बताउनु भयो ।

उक्त कार्यक्रममा प्रमुख अतिथि १ नम्बर प्रदेशका माननीय मुख्य मन्त्री हिक्मत कुमार कार्कीले भवन निर्माणमा उल्लेख्य योगदान पुर्‍याउनु हुने निर्माण कम्पनी तथा १ नम्बर प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक ढुण्डीराज गिरी र महेश भट्टराईलाई प्रशंसा पत्रले सम्मान गर्नु भएको थियो । उक्त कार्यक्रममा संगठन प्रमुखले प्रमुख अतिथिलाई मायाको चिनो प्रदान गर्नु भएको थियो । कार्यक्रममा प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अनिल रानाले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नु गर्नु भएको थियो ।

१ नं. प्रदेश आन्तारिक मामिला तथा कानुन मन्त्रालयबाट वजेट विनियोजित भई कुल १९ करोड १४ लाख ०१ हजार ६६३ रुपैयाको लागतमा साना ठुला गरी ७५ वटा कोठा भएको ५ तले कार्यालय भवन निर्माण सम्पन्न भएको हो । कार्यक्रममा उच्च अदालत बिराटनगरका माननीय मुख्य न्यायाधिश सत्य मोहन जोशी थारु , प्रदेश सरकारका माननीय मन्त्रीहरु, निमित्त प्रदेश प्रमुख सचिव किशोर कुमार चौधरी ,स्थानीय जनप्रतिनिधिहरु, अन्य सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरु, बिभिन्न सरकारी कार्यालय तथा गैह्र सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधीहरु, पुर्व प्रहरी कर्मचारीहरु, संचारकर्मीहरु, उद्योगी, व्यवसायीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर