दमक — झापाको दमकमा नवौ दमक फुड फेस्टिवल २०७९ हुने भएको छ । यही फागुन ११ गते देखी १९ गते सम्म नौ दिन सम्म फेस्टिभल आयोजना गरिने शुक्रबार दमकमा पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको हो ।
होटल व्यवसायी संघ दमकले फुड फेस्टिबल दमक ७ स्थित पशु हाटमा रहेको खाली जमिनमा हुने जानकारी गराएको छ । होटल व्यवसायी संघ दमकका महासचिब तथा नवौ फुड फेस्टिवल २०७९ का संयोजक भुपेन्द्र न्यौपानेका अनुसार दमकलाई अग्र्यानिक हब बनाउने र दमकको मौलिक खानाको प्रबद्र्धन गर्ने महोत्सबको मुख्य उदेश्य रहेको छ ।
फुड फेस्टिभलले दमकमा अहिले देखिएको व्यवसायीक तरलतालाई चलायमान बनाउन र होटलहरुका खानाका परिकार र स्वादको प्रवद्र्धन समेत हुने भएकाले फुड फेस्टिभलको आयोजना गर्न लागिएको आयोजक होटल व्यवसायी संघ दमकका अध्यक्ष योगराज दँगालले बताए । फुड फेस्टिभलका माध्यमबाट दमकलाई चिनाउन पनि आफुहरु लागिपर्ने उनको भनाइ थियो ।
सघंका पूर्व अध्यक्ष समेत रहेका होटल व्यवसायी महासंघ प्रदेश १ का अध्यक्ष राजन दंगालले दमकमा जातीय परिकारलाई प्रबद्र्धन गर्न फुड फेस्टिभलले योगदान पुर्याउने उल्लेख गरे । जातीय परिकारहरुलाई अन्य ठाउँमा पनि ब्राण्डिङ गरिएको र विभिन्न देशमा सहभागी हुन जादा पनि त्यहाँबाट देखिएको उल्लेख गर्दै अध्यक्ष दँगालले कुन परिकारलाई कसरी ब्राण्डीङ गर्ने भन्ने बारे पनि आफुहरुले सोचबिचार गर्ने धारणा राखे ।
नौ दिन सम्म चल्ने फुड फेस्टिभलमा विभिन्न कलाकारहरुको उपस्थिती रहने पत्रकार सम्मेलनमा जानकारी दिईएको छ । फुड फेस्टिभलमा कलाकारहरु एलिना चौहान, अस्मिता अधिकारी, ज्योती मगर, सुगम पोखरेल, रचना रिमाल, त्रिशला गुरुङ, मेलिना राई र महेश काफ्लेको विषेश प्रस्तुती रहने आयोजकले जनाएको छ ।
महोत्सवमा प्रवेश गर्न एक सय रुपैँयाको प्रवेश पास खरिद गर्नु पर्ने छ । महोत्सव न्यूनतम ५० हजार जनाले अवलोकन गर्ने अनुमान गरिएको छ । ३५ लाख ७० हजार अनुमानित खर्च हुने आयोजकको प्रक्षेपण रहेको छ भने यसबाट ५० लाख रुपैँया आम्दानी गर्ने आयोजकले लक्ष्य राखेको छ ।
ताजा समाचार
लोकप्रिय
© 2025, All right reserved to efocusnews.com
Design: Ytech