झापा — आज माघ १९, यस दिनलाई नेपालको प्रजातान्त्रिक आन्दोलनमा कालो दिनको रुपमा स्मरण गरिन्छ । तत्कालीन राजा ज्ञानेन्द्र शाहले २०६१ साल माघ १९ गतेका दिन राजनीतिक ‘कू’ गरी शासन सत्ता आफ्नो नियन्त्रणमा लिएका थिए ।
प्रजातान्त्रिक व्यवस्थालाई क्रियाशील तुल्याउने भन्दै पूर्वराजा शाहले शाही सम्बोधन मार्फत शासनसत्ता आफ्नो नियन्त्रणमा लिएका भए पनि त्यो धेरै समय भने टिक्न सकेन ।
नेपालको राजनीतिक इतिहासमा ‘माघ १९’ एउटा कालो दिनका रूपमा चिनिन्छ । २०६१ साल माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले शेरबहादुर देउवा नेतृत्वको सरकार विघटन गरी राजनीतिक ‘कू’ गरेका थिए । ज्ञानेन्द्रले सत्ताको बागडोर आफ्नो हातमा लिएको दिन हो–माघ १९ । उनले विघटित संसद् पुनःस्थापनाको घोषणा गरे ।
त्यसपछि तत्कालीन सात दलले २०६२ साल चैत अन्तिम सातादेखि सुरु गरेको दोस्रो जनआन्दोलन सफल भएको घोषणा गरे । सशस्त्र विद्रोह गरिरहेको तत्कालीन नेकपा माओवादी शान्ति प्रक्रियामा आयो । संविधानसभा निर्वाचनपछि २०६४ साल जेठ १५ मा मुलुकमा गणतन्त्र घोषणा गरियो । २०७० साल मंसिर ४ मा दोस्रो संविधानसभाको चुनाव भयो ।
उक्त संविधानसभाले २०७२ असोज ३ गते नयाँ संविधान जारी गर्यो । त्यसपछि भएको आमनिर्वाचनपछि गठित नेकपाल कम्युनिस्ट पार्टी (नेकपा) को बहुमतसहितको सरकारले अहिले शासन चलाइरहेको छ । तर नेकपा भित्रको शक्ति र पद बाँडफाडको किचोले मुलुकमा अस्थिरता निम्तने भन्दै राष्ट्रपतिको सिफारिसमा प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ सालको पुष ५ गते प्रतिनिधसभा विघटनगरि २०७८ साल बैशाख १७ र र २७ गतेका दिन दुई चरणमा निर्वाचनगर्ने गर्ने सरकारले घोषणा गर्यो ।
माग माघ १९ लाई फर्केर हेर्दा राजाले शासन सत्ता आफ्नो हातमा लिएपछि उक्त दिन दिउँसै सबै मिडिया हाउसमा समाचार ‘सेन्सर’ गर्न सेना परिचालन गरिएको थियो । प्रत्येक मिडिया हाउसमा हतियारसहितका सेना प्रवेश गरेका थिए । सेनाले सम्पादकलाई समाचारमा कुन शब्द राख्ने, कुन हटाउने ? भनी सिकाएका थिए त्यसबेला । सेनाबाट रुजु नगराइकन पत्रिकाको समाचार शाखाले ‘ए–थ्री’ पेपर प्रिन्टका लागि पठाउन मिल्दैनथ्यो । समाचार कक्षमा हतियारधारी सेनाको त्रास थियो, त्यसबेला । प्रेस स्वतन्त्रता खोसिएको यस्तो अवस्थामा पनि २०६१ साल माघ २० गते अखबारहरु भने प्रकाशन भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय